एजेन्सी । ईङ्लिस क्लब म्यान्चेष्टर सिटीका मिडफिल्डर केभिन डी ब्रुयन लिभरपुलविरुद्वको खेलमा उत्रने भएका छन् । सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले ब्रुयन लिभरपुलविरुद्वको खेलका लागि तयार भएको बताएका छन् ।
उपाधि दाबेदार सिटीले प्रिमियर लिगको महत्वपुर्ण खेलमा आगामी बिहिबार शीर्ष स्थानको लिभरपुलसंग खेल्दैछ ।
मांसपेशीको चोटका कारण उनले गत आईतबार साउथह्याम्टनविरुद्वको खेल गुमाएका थिए ।
प्रशिक्षक ग्वार्डिओलाले ईतिहाद स्टेडियममा हुने खेलका लागि आक्रमक मिडफिल्डर ब्रुयन फिट रहने विश्वास गरे । डेबिड सिल्भा र फर्नाल्डिन्होको आगमनसंगै शीर्ष स्थानको लिभरपुलसंग अंक दुरी ४ अंकमा झार्ने प्रशिक्षक ग्वार्डिओलाको विश्वास छ ।
बेल्जियममा प्लेमेकर ब्रुयन सिजनको सुरुवातदेखिनै चोटका कारण पिरोलिएका छन् ।