काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले लुटन टाउनलाई हराएको छ ।
आईतबार सिटीले घरेलु टोली लुटनमाथि २–१ को पुनरागमन जित निकालेको हो ।
खेलमा अग्रता लुटनले एलिया अदेबायोको गोलमा पहिलो हाफको इन्जुरी समयमा लिएको थियो । दोस्रो हाफमा सिटीले दुई गोल गर्दै शानदार पुनरागमन गर्यो ।
खेलको ६२ औं मिनेटमा बर्नार्डो सिल्भाले सिटीका लागि बराबरी गोल गरे । त्यसको तीन मिनेटपछि ज्याक ग्रिलिसले सिटीका लागि विजयी गोल गरेका थिए । जुलियर अल्भारेजको क्रसममा ग्रिलिसले सिटीका लागि गोल गरेका हुन् ।
पछिल्ला चार खेलमा जित विहीन देखिएको सिटीले पाँचौं खेलमा आएर सफलता प्राप्त गरेकोछ । सन् २०१९ को डिसेम्बरपछि पेप ग्वार्डिओला नेतृत्वको सिटीले एकपछि अर्को लिग म्याच गुमाएको थियो ।
जितले साविक विजेता सिटीलाई ३३ अंक सहित चौथों स्थानमा राखेको छ । सिटी शीर्ष स्थानको लिभरपुल भन्दा ४ अंकले पछि छ । लुटन ९ अंक सहित पुछारदेखि तेस्रोमा छ ।