काठमाडौं । प्रिमियर लिग फुटबलमा टोटेनहमले न्युक्यासलमाथि शानदार जित निकालेको छ ।
आईतबार टोटेनहमले घरेलु मैदानमा न्युक्यासललाई ४–१ ले हराएको हो ।
टोटेनहमले पछिल्ला ५ मध्य ४ खेल गुमाएको थियो । अक्टोबरमा क्रिस्टल प्यालेसलाई हराएपछि टोटेनहम जित विहीन देखिदै आएको थियो ।
कप्तान सन ह्युग मिनको पासलमा डेस्टिनी उडोगीले टोटेनहमलाई अघि बढाएका थिए ।
रिचर्डलिसनले ३८ औं र ६० औं मिनेटमा गोल गर्दै टोटेनहमलाई ३–० को अग्रता दिलाए । खेल सकिन ५ मिनेट अघि कप्तान सनले पेनाल्टीमा गोल गर्दै टोेटेनहमलाई ४–० को शानदार अग्रता दिलाएका थिए ।
खेलको इन्जुरी समयमा जोएलिन्टनले गोल गर्दै हारको अन्तरलाई कम गरे । खेलमा न्युक्यासलले केही थोरै मात्र आक्रमण बुन्न सक्यो । खेलमा एक गोलले पछि रहदाँ मिगुएल अल्मिरोनले एउटा सुन्दर गोलको अवसरलाई खेल फालेका थिए ।
प्राप्त जितले पाँचौं स्थानको टोटेनहमले ३० अंक जोडेको छ । न्युक्यासल २६ अंक सहित सातौं स्थानमा यथावत रहेको छ ।