काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिडले नापोलीलाई हराएको छ । बिहीबार समूह सीको खेलमा रियल मड्रिडले नापोलीलाई ४–२ गोल अन्तरले हराएको हो ।
जुड बेलिङघम च्याम्पियन्स लिगमा रियल मड्रिडका लागि सुरुवाती चार खेलमा लगातार गोल गर्ने पहिलो खेलाडी बने ।
बेलिङघमले डेभिड अल्बाको क्रसमा २२ औं मिनेटमा गोल गर्दै रियललाई २–१ ले अघि बढाएका थिए । २० वर्षिया खेलाडीको रियलका लागि १६ खेलमा यो १५ औं गोल हो । उनले चौथों गोलका लागि जोसेलुलाई बल समेत उपलब्ध गराएका थिए । रियल मड्रिडले यस सिजन च्याम्पियन्स लिगमा शतप्रतिशत जितको नतिजा निकालेको छ ।
जियोवानी सिमोनले नवौं मिनेटमा पाहुना टोली नापोलीलाई खेलमा अघि बढाएका थिए । रियलका रोड्रिगोले उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । बेलिङघमले पुन दिलाएको अग्रतालाई आन्द्रे फ्रेन्क जाम्बो एन्गुइसालाई बराबरीमा पुर्याएका थिए ।
युवा खेलाडी निको पाजले ८४ औं मिनेटमा रियललाई ३–१ को अग्रता दिलाएका थिए । इन्जुरी समयमा बेलिङघमको उत्कृष्ट क्रसमा जोसेलुले चौथों गोल गरेका थिए ।
रियल यसअघिनै नकआउट चरण प्रवेश गरिसकेकेका छ । नापोली अंक सहित दोस्रो र स्पोर्टिङ ब्रागा ४ अंक सहित तेस्रो स्थानमा छ ।