काठमाडौं । नेपाल सुपर लिग एनएसएलमा ललितपुर सिटी एफसी र पोखरा थन्डर्सले बराबरी खेलेका छन् ।
बुधबार काठमाडौं दशरथ रंगशालामा ललितपुर र पोखराले गोल रहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।
खेल अवधिभर दुवै टिमले अवसर सिर्जना गरेपनि गोल निकाल्न सकेनन् । ललितपुरको तुलनामा पोखराले खेलमा धेरै अवसर सिर्जना गरेको थियो ।
पोखराका आयुश घलानको प्रहारलाई ललितपुरका गोल रक्षकले सहजै बनाएका थिए । जोड एडुका केही प्रहार असफल बनेका थिए ।
ललितपुरले खेलको सुरुवातमै दुई खेलाडीलाई परिवर्तन गर्न परेको थियो । खेलको १९ औं मिनेटमा फरवार्ड पापा केबे र सनिश श्रेष्ठले चोटका कारण मैदान छाडेका थिए । सोही कारण ललितपुरले पहिलो खेलको प्रर्दशन पोखराविरुद्ध दोहोर्याउन सकेन ।
ललितपुरका मुख्य प्रशिक्षक इयान गिलन रातो कार्डका कारण टच लाइनमा देखिन पाएनन् ।
दुवै टिमले लिग तालिकामा २ खेलबाट ४ अंक जोडेका छन् ।