अणप्रसाद न्यौपाने
१.पृष्ठभूमिः
स्वस्थ, अनुशासित नागरिकको विकासबाट समृद्ध समाजको सिर्जना गर्ने कार्यमा खेलकुदलाई प्रमुख आधारको रूपमा लिइन्छ । राष्ट्रको प्रतिष्ठा वृद्धि गर्न र विभिन्न सम्प्रदाय, भाषा तथा संस्कृति एवम् समुदायबीच एकता कायम गरी राष्ट्रिय विकासको अभियानमा एकजुट बनाउन खेलकुदको योगदान महत्वपूर्ण रहेको हुन्छ।
खेलकुद क्षेत्रलाई विश्वव्यापी मूल्य र मान्यता अनुरूप विकास र विस्तार गर्दै खेल संस्थाहरूबीच समन्वय, सहकार्य र साझेदारीको वातावरण सिर्जना गरी खेलकुदलाई जनजीवनको अभिन्न अंग बनाउन “राष्ट्रका लागि खेलकुद, स्वास्थका लागि खेलकुद र सबैका लागि खेलकुद” को अवधारणालाई मूर्तरूप दिने कार्यमा खेलकुदका राष्ट्रिय संघहरुको भूमिका निकै महत्वपूर्ण हुन्छ ।
खेलकुद क्षेत्रको विकासका लागि नीति निर्माण गर्ने, नीति कार्यान्वयनका लागि योजना तर्जुमा गरी कार्यान्वयनको व्यवस्था मिलाई सोको अनुगमन तथा मूल्याङ्कन गर्नेगराउने,खेलकुद क्षेत्रको विकासका लागि सम्बन्धित विषयको अध्ययन, अनुसन्धान, खेलकुद क्षेत्रको समग्र विकासका लागि पूर्वाधार निर्माण, संरक्षण, प्रतियोगिता सञ्चालन खेलाडी एवं प्रशिक्षकलाई प्रशिक्षण तथा प्रोत्साहनका कार्यहरूको व्यवस्थापन र सहजीकरणको नेतृत्व गर्दै आएको युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत खेलकुद हेर्ने स्वायत्त निकायका रुपमा स्थापित राष्ट्रिय खेलकुद परिषदमा खेलकुदका राष्ट्रिय संघहरुको दर्ता र नवीकरणको कार्य हुन्छ ।
खेलकुद विकास ऐन २०४८ तथा खेलकुद विकास नियम २०४९ का आधारमा दर्ता तथा नवीकरण हुने खेलकुदका राष्ट्रिय संघहरुको संख्या २०७५ असार मसान्तसम्म आइपुग्दा १८१ (खारेजीमा परेका बाहेक) पुगेको देखिन्छ ।
२.विद्यमान व्यवस्था
क.संवैधानिक व्यवस्था
नेपालको संविधान २०७२ को धारा ३९ को “बालबालिकाको हक” अन्तर्गत उपधारा २ मा बालबालिकालाई खेलकुद तथा मनोरञ्जनको हकको व्यवस्था गरिएको छ भने भाग ४ धारा ५१ मा राज्यका नीतिहरू अन्तर्गत खण्ड (ञ) मा सामाजिक न्याय र समावेशीकरण सम्बन्धी नीतिको १३ नंबर बुँदामा “स्वस्थ, सक्षम र अनुशासित नागरिक तयार गर्न खेलकुद तथा खेलाडीमा योजनाबद्ध लगानी गर्ने र खेलकुदलाई राष्ट्रिय एकता सुदृढ गर्ने एवं अन्तर्राष्ट्रिय क्षेत्रमा राष्ट्रिय सम्मान अभिवृद्धि गर्र्ने माध्यमको रूपमा विकास गर्ने व्यवस्था गरिएको छ ।
ख. नीति तथा कार्यनीति
नेपाल सरकारको कार्य विभाजन नियमावली २०७४ ले युवा तथा खेलकुद मन्त्रालयलाई युवा विकास तथा परिचालन र खेलकुद क्षेत्रको विकासका लागि जिम्मेवार र उत्तरदायी केन्द्रीय निकायका रूपमा स्थापित गरेको छ । मन्त्रालय र मातहतका खेलकुदसँग सम्बन्धित संघ संस्थाहरूलाई व्यवस्थित गर्नका लागि खेलकुद विकास ऐन, २०४८, खेलकुद विकास नियम, २०४९, राष्ट्रिय खेलकुद नीति, २०६७, राष्ट्रिय खेलकुद पुरस्कार तथा सम्मान कार्यविधि, २०७२, राष्ट्रपति रनि∙ शिल्ड तथा विद्यालय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका, २०७४ लगायतका विभिन्न ऐन, नियम, निर्देशिका तथा कार्यविधि, नीति र योजनाहरू कार्यान्वयनमा
छन् ।
यसै सन्दर्भमा खेलकुद क्षेत्रको विकास र व्यवस्थापनका लागि माथि उल्लेखित दस्तावेज बाहेक चालु चौधाैँ योजना (२०७३\७४–२०७५\७६), वार्षिक नीति तथा कार्यक्रम र सोसँग सम्बन्धित बजेट वक्तव्यहरू, सूचनाको हकसम्बन्धी निवेदनको कारबाही र किनारा गर्ने आन्तरिक कार्यविधि, २०७२ लगायतका दस्तावेजहरूले समग्र खेलकुद क्षेत्रको विकासका लागि नीतिगत मार्ग प्रशस्त गरेका छन् ।
खेलकुदका राष्ट्रिय संघहरुलाई थप व्यवस्थित बनाउन खेलकुद विकास नियम २०४९ मा देशमा भइरहेका खेलकुदसम्बन्धी सम्पूर्ण गतिविधिहरूलाई विकासको एकसूत्रमा आबद्ध गराउने, खेल संस्थाबीच समन्वय गरी खेलकुदको विकासमा सघाउ पु¥याउने र खेलकुद गतिविधिलाई क्रमशः संस्थागत रूपमा विकसित गर्दै लैजाने व्यवस्थाका साथै खेलकुद सम्बन्धी सघंसस्थाहरूको दर्ता खारेजी र व्यवस्थापन गर्ने सम्बन्धी विधि समेत किटान गरिएको छ । राष्ट्रिय खेलकुद नीति, २०६७ मा समेत खेलकुदलाई व्यावसायिक रूपमा अघि बढाउन बढीभन्दा बढी खेल संस्था तथा क्लबहरू गठन गर्न प्रोत्साहित गर्ने उल्लेख छ ।
ग.संगठन तथा संरचनात्मक व्यवस्था :
खेलकुदका गतिविधिहरूलाई नियमित रूपमा सुृ–सञ्चालन गर्नका लागि युवा तथा खेलकुद मन्त्रालय र मन्त्रालय अन्तर्गत् राष्ट्रिय खेलकुद परिषद्को व्यवस्था गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्स्वायत्त संस्थाको रूपमा क्रियाशील छ । खेलकुद विकास ऐन, २०४८ द्वारा सञ्चालित राष्ट्रिय खेलकुद परिषद् स्वायत्त संस्थाको रूपमा क्रियाशील छ भने यस अन्तर्गत प्रदेश तथा जिल्लाका खेलकुद गतिविधिहरू सञ्चालन हुन्छन् ।
खेलकुदका संघहरुको व्यवस्थापन सम्बन्धमा मन्त्रालयले राष्ट्रियस्तरका खेलकुदसम्बन्धी संघसंस्थाहरूसँग सम्पर्क, सम्बन्ध, समन्वय र सहजीकरणको कार्य गर्ने एवं खेल संघसंस्थाहरूको नियमन र अनुगमनसम्बन्धी कार्य गर्ने गराउने गर्दछ भने राष्ट्रिय खेलकुद परिषद्ले सम्पूर्ण खेल संघसंस्थाहरूको दर्ता, नवीकरण नियमन, व्यवस्थापन, परिचालन, अनुगमन, सहकार्य र समन्वय गर्ने कार्य गर्दछन् भने जिल्ला स्तरमा अनुमति लिने संस्थाहरु क्लबको हैसियतमा रहन्छन् ।
३.खेलकुदका संघहरुको विद्यमान अवस्था विश्लेष्ण
खेलकुदका संघहरुको दर्ता र खारेजीको अवस्था :
आ. व. २०७४ ।२०७५ मा संकलित तथ्याड्ढको बिश्लेषण गर्दा राष्ट्रिय खेलकुद परिषद्मा जम्मा २०६ वटा खेलकुदका राष्ट्रिय संघहरूको दर्ता भएको र ती संघहरूमध्ये २५ वटा संघहरू खारेजीमा परेका छन् ।
खेलको प्रकृति र खेल संघहरूको अवस्था :
खेललाई ईन्डाेर आउटडाेर, वाटर, स्नाे, एयर, विन्टर समर, फिजिकल माईन्ड सपाेटिभ, एडभेन्चर, एमेच्याेर, कम्पिटेटिभ, स्थानिय, परम्परागत, बल गेम्स, मार्सल आर्ट, ट्रयाक एण्ड फिल्ड, टेबल र फिल्ड खेलमा वर्गिकरण गरिएकाे छ ।
खेलको खेल्ने स्थानका आधारमा, प्रतिस्पर्धीको संख्याका आधारमा, खेलिने मौसमका आधारमा, सामग्री वा अन्य कला जस्ता विषयहरूलाई आधार बनार्ई खेल संघहरूलाई छुट्याउन सकिन्छ । यसरी हेर्दा १८१ वटा खेलसंघहरूका प्रकृति यसप्रकार छ ।
विवरण
1. ईनडाेर खेलसँग सम्बन्धित खेल संघहरू १३५
2. आउटडाेर खेलसँग सम्बन्धित खेल संघहरू ३७
3. एसाेसियट खेलसँग सम्बन्धित खेल संघहरू ९
जम्मा १८१
1. टिम खेलसँग सम्बन्धित खेल संघहरू १४
2. ब्यत्तिगत खेलसँग सम्बन्धित खेल संघहरू १८१
जम्मा १८१
बल खेलसँग सम्बन्धित खेल संघहरू २५
मार्सल आर्ट खेलसँग सम्बन्धित खेल संघहरू ९४
परम्परागत खेलसँग सम्बन्धित खेल संघहरू १७
एसाेेसियट खेलसँग सम्बन्धित खेल संघहरू ९
अन्य खेलसँग सम्बन्धित खेल संघहरू ३६
जम्मा १८१
नवीकरण/लेखापरिक्षण/स्थायी लेखा नंबर दर्ता र भएका खेल संघहरूः
राष्ट्रिय खेलकुद परिषद्मा दर्ता भई रू क्रियाशील रहेका १८१ वटा खेल संघहरूमध्ये जम्मा १०३ वटा खेल संघ नवीकरण (आ.व. २०७४।७५ र आ.व. २०७३।७४ समेत) भएको पाइयो भने ५४ वटा खेलसंघहरू पछिल्ला आ.व.मा नवीकरण हुन नसकेका र २४ वटा खेल संघहरू तदर्थ रूपमा रहेकाले नवीकरण हुने समयावधि बाँकी नै रहेको देखिन्छ भने लेखा परीक्षण र स्थायी लेखामा दर्ताका आधारमा हेर्दा पनि नवीकरण गराएका खेल संघहरूको स्थायी लेखा नम्बरमा दर्ता र लेखा परिक्षणको कार्य सम्पादन गरेका तथा नवीकरण हुन बाँकी र नवीकरण नभएका खेल संघहरूको स्थायी लेखा नम्बर नलिएका र लेखापरिक्षण नभएको भएका छन् ।
विवरण
नवीकरण भएका १०३
नवीकरण नभएका ५४
तदर्थ संघहरू (नवीकरणको समयावधि बाँकी रहेका) २४
जम्मा १८१
नियमित साधारण सभा र खेल संघहरू :
प्राप्त अभिलेखमा साधारण सभाको तथ्याड्ढ हेर्दा क्रियाशील रहेका कुल १८१ खेल संघहरूमध्ये १२४ खेल संघहरूले पछिल्लो आ.व. सम्ममा साधारण सभा सम्पन्न गराएको र ३१ वटा खेल संघहरूले साधारण सभा सम्पन्न गराउन सकेका छैनन् ।
क्र.सं. विवरण संख्या कैफियत
1. साधारण सभा भएका १२४
2. साधारण सभा नभएका ३१
3. तदर्थ संघहरू २६
जम्मा १८१
आबद्धता र खेल संघहरू :
राष्ट्रिय\अन्तर्राष्ट्रिय आबद्धताको आधारमा प्राप्त अभिलेख अनुसार क्रियाशील रहेका कुल १८१ खेल संघहरूमध्ये १४९ वटा खेल संघहरूको अन्तर्राष्ट्रिय आबद्ध रहेका छन् भने १५ वटा परम्परागत र अन्य विधाका खेलसंघहरू नेपालमा सुरूवात भई राष्ट्रिय खेलकुद परिषद्मा दर्ता भई क्रियाशील रहेको पाइयो । यसैगरी ८ वटा खेल संघहरू महासंघको रूपमा दर्ता भई कार्यरत रहेको छन् भने नेपाल खेलाडी तथा प्रशिक्षक संघ, नेपाल ओलम्पियन संघ लगायतका ९ वटा खेल संघहरू एसोसियट खेल संघको रूपमा दर्ता भई क्रियाशील रहेको पाइयो ।
विवरण
1. अन्तर्राष्ट्रिय स्तरको आबद्धता भएका खेल संघहरू १४९
2. राष्ट्रिय स्तरको आबद्धता भएका खेल संघहरू १५
3. एसोसियट खेल संघहरू ९
4. महासंघको रूपमा दर्ता भएका संघहरू ८
जम्मा १८१
४.प्रमुख समस्या तथा चुनौतीहरु
- विशेष गरी खेलकुदका राष्ट्रिय संघहरुको दर्ताका लागि ठोस मापदण्डको कमीका कारण दर्ता प्रक्रियामै समस्या देखियो। एक खेल एक संघको अवधारणाअनुसार खेल संघहरु दर्ता गर्नुपर्ने भए पनि एक खेलसँग धेरै संघहरु सम्बन्धित रहेको,खेल नै पहिचाहन नभका संघहरु दर्ता भएका, खारेजीमा परेका खेल संघहरुसँग मिल्दाजुल्दा नयाँ खेल संघहरु दर्ता प्रक्रियामा पुनः आउने गरेकाले दर्ता प्रक्रिया वस्तुपरक नबनेको प्रष्ट हुन्छ ।
- खेलकुद संघहरु नियमित रुपमा नवीकरण हुनु पर्नेमा नवीकरण धरै संधहरु नवीकरण नभएका र नवीकरण नभएका संघहरु समेत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने , अनुदानको अपेक्षा गर्ने प्रवृत्ति देखिनुले विधिको पालना नगर्ने नगराउने प्रवृत्तिको विकास ।
- संघ संस्थाहरुको व्यवस्थित अभिलेखन गर्ने मूल दायित्व खेलकुद परिषद्कै हो । मन्त्रालयले अभिलेख प्रकाशन गर्ने प्रयास गर्नु पूर्व परिषद्मा व्यवस्थित अभिलेखन भएको नपाइएको, राखेको अभिलेख पनि परम्परागत पाराको रहेको र अभिलेखलाई आधुनिकीकरण गदै प्रविधिमैत्री हुने गरी व्यवस्थित गर्न दक्ष जनशक्ति र स्रोत साधनको समेत अपर्याप्तता ।
- संघका खेलकुद गतिविधिहरु सुनियोजित रुपमा अगाडि बढाउने दीर्घकालीन सोच,रणनीति, कार्यनीति तथा कार्य योजनाको अभाव ।
- राजनैतिक तथा व्यक्ति प्रभावित तदर्थ प्रकृतिका संघहरुको बाहुल्यता रहनाले संघहरुको नियमन तथा सुपरिवेक्षणमा हिच्किचाहट व्याप्त रहनु ।
- कस्तो संघमा कुन खालका पदाधिकारी रहने , उनहिरुको योग्यता कति हुने , कति पटक सम्म पदाधिकारी बन्न पाउने तथा कुनै व्यक्ति कति वटा सम्म संघको सदस्य बन्न पाउने लगायतका व्यवस्थाहरु स्पष्ट नभएकाले परिषदमा कार्यरत कर्मचारी नै संघका पदाधिकारी रहने र कतिपय संघहरु परिषदमा कार्यरत कर्मचारीकै पहलमा स्थापित हुने भएकाले खेलकुलकुदको विकासमा कर्मचारी तन्त्रीय प्रभावबाट मुक्त गराउन नसकिएको ।
- सघंको नेतृत्वमा व्यक्ति प्रभावित राजनीतिको प्रभाव रहनाले तोकिएको समयमा निर्वाचन नहुने, निर्वाचन भए पनि समानान्तर समिति गठन गर्न उद्यत रहने, परिषद्नेतृत्व चयनमा हावी हुन खोज्ने अभ्यासले गैर लोकतान्त्रिक अभ्यासबाट मुक्त हुन नसक्नु ।
- संघहरुको खेलाडी उत्पादन गर्ने व्यावसायिक कार्य योजना नै नहुनु ।
- धेरै संघहरुको आम्दानी र खर्चक पारदर्शी नहुने,लेखा परिक्षण नै नगराउने,बेरुजु फछ्र्यौटमा चासो नदिने ,स्थायी लेखा नम्बर ९एब्ल्० मा दर्ता नै नहुने , लेखा परिक्षण गराउने संघहरुले पनि प्रतिवेदन सार्वजनिक नगर्ने जस्ता वित्तीय सुशासन सँस्कृति अभाव ।
- अनुगमन गर्ने निकाय नै निस्क्रिय बस्ने , राम्रो कार्य सम्पादन गर्ने संघलाई प्रौत्साहन तथा गैर जिम्मेवारलाई कार्य सम्पादनका आधारमा कारबाही गर्ने प्रक्रिया वस्तुगतरुपमा अगाडि नबढेकाले संघहरुको कार्यसञ्चालन प्रभावकारिता कमजोर ।
५.सुझाब तथा निष्कर्ष
खेलकुदको माध्यमबाट शारीरिक, मानसिक, बौद्धिक, संवेगात्मक विकासका माध्ययमबाट नैतिकवान मानव संशाधनको विकास गरी अनुशासित र मर्यादित समाज निर्माण गर्दै खेलकुदलाई रोजगारमूलक व्यवसायको रूपमा समेत स्थापित गर्नु आवश्यक छ ।
यसका लागि प्रत्येक प्रदेश र स्थानीय तहसम्म नै कार्यक्रम सञ्चालन गरी “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद र सबैको लागि खेलकुद” भन्ने अभियानलाई साकार पार्न खेल संघहरुलाई व्यवस्थित बनाउनु पर्दछ ।
खेलकुदका राष्ट्रिय संघहरुको विस्तार, अनावश्यक संघहरुको नियोजन तथा गैर जिम्मेवार संघ तथा त्यसका सदस्यहरलाई त्यस्तो कार्यमा संलग्नताको कसुरको मात्रा हेरी शून्य सहनशीलता आधारमा कानुनी दायरामा ल्याउने गर्नाले खेलकुदका राष्ट्रिय संघहरुको नियमितता र व्यावसायिकता अभिवृद्धि हुने कुरामा दुई मत हुन सक्दैन । यसका लागि तपसिलका विषयहरुमा यथेष्ठ ध्यान जानु जरुरी छ ।
- खेलकुद संघहरुलाई दर्ता गर्नका लागि स्पष्ट नीतिगत व्यवस्था गर्ने, दर्ता हुनुपूर्व आवश्यकता र औचित्यताको सिफारिस गर्न निष्पक्ष सििमतिको व्यवस्था गर्ने र दर्ता हुन आउने संधहरुलाई सिधै स्थायी सम्बन्धन नदिई कम्तीमा दुई वर्षका लागि परिक्षण कालका रुपमा राखी संघका गतिविधिका आधारमा म्याद थप गर्दै जाने व्यवस्था गर्नु पर्दछ ।
- प्रदेश वा स्थानीय तहका खेलकुदका निकायमा सम्बन्धन लिएका खेलकुदका संस्थाहरुले राष्ट्रिय संघका रुपमा सम्बन्धन लिन चाहेमा उक्त खेल संघसँग सम्बन्धित संघ दर्ता भैनसकेको भए विधि र प्रक्रिया तोकी राष्ट्रिय खेल संघका रुपमा सम्बन्धन लिन पाउने र उक्त खेल संघसँग सम्बन्धित संघ दर्ता भैसकेको भए त्यसैको इकाइका रुपमा विस्तार हुन दिने व्यवस्था गर्ने,
- ओलम्पिक, एशियाली तथा सार्क खेलकुद प्रतियोगितामा समावेश भएका र भावि दिनमाा पर्याप्त संभावना भएका खेलहरुलाई आधार बनाई खेलकुदका संघको संख्या निर्धारण तथा तिनीहरुको उपलब्धि, पारदर्शिता एवं विधि पालनाका आधारमा खेलकुद संघहरुलाई वर्गीकरण गरी स्तर निर्धारण गर्ने र सोका आधारमा प्रोत्साहन गर्ने विधिको तर्जुमा र कार्यान्वयन गर्ने ।
- खेदकुद संघका पदाधिकारीहरुको शैक्षिक योग्यता ,तालिम,कार्य अनुभवको किटानी तथा अध्यक्ष , महासचिव र कोषाध्यक्ष पदमा बढीमा दुई कार्यभन्दा बढी अवधि रहन नपाउने गरी कार्यकाल निर्धारण गर्ने ।
- प्रत्येक खेलकुद संघहरुलाई कम्तीमा ३ वर्षको खेलाडी तथा प्रशिक्षक उत्पादन , प्रशिक्षण ,पूर्वाधार निर्माण तथा सांगठनिक विस्तार लक्ष्य समावेश भएको व्यावसायिक कार्ययोजना निर्माण गर्न लगाउने र सोको प्रभावकारी कार्यान्वयनका लागि राष्ट्रिय खेलकुद परिषद् तथा मन्त्रालयले सहजीकरण एवं सुरिवेक्षण गर्ने गराउने व्यवस्था गर्ने ।
- संघहरुको आम्दानी तथा खर्चलाई व्यवस्थित र उपलब्धिमूलक बनाउन वैदेशिक स्रोत प्राप्ती पूर्व अनिवार्य रुपमा सहमती लिनु पर्ने व्यवस्थालाई कडाइका साथ लागू गर्ने तथा प्रत्येक वर्षको लेखा परिक्षण प्रतिवेदन सञ्चार माध्यमबाट सार्वजनिक गरी वित्तीय अनुशासन र आय तथा व्ययको पारदर्शिता कायम गर्नेगराउने ।
- खेलकुदका पदाधिकारी, प्रशिक्षक , खेलाडी तथा संघहरुको सहभागितामा आचार संहिता निर्माण र सोको प्रभावकारी कार्यान्वयन गर्ने ।
- परिषद्का बहालवाला कर्मचारीहरु संघको पदाधिकारी बन्न नपाउनुका साथै एक सदस्य एक संघमा मात्र सदस्य हुन पाउने व्यवस्था गर्ने ।
- खेलकुदका संघहरुको अभिलेखीकरण आधुनिक एवं प्रविधिमैत्री बनाउन दक्ष जनशक्तिको आपूर्ति व्यवस्था गर्ने , भएको जनशक्तिलाई तालिम प्रदान गर्ने र औचित्यतताका आधारमा स्रोत साधनलाई बहनकारी बनाउने ।
- दिगो व्यावसायिकता प्रवद्र्धनका लागि प्रतियोगिता आयोजना , प्रर्वाधार निर्माण , प्रशिक्षण र प्रोत्साहनका कार्यक्रमहरुमा खेलकुद संघहरुको सहभागितामा सार्वजनिक निजी साझेदारीलाई बढावा दिने ।
- आचारसंहिताको परिपालना र कार्य सम्पादनको अनुगमन गरी अनुगमन प्रतिवेदनका आधारमा पारदर्शी प्रोत्साहन व्यवस्था लागू गर्ने ।
- राजीतिक तथा कर्मचारी तन्त्रीय प्रभावबाट मुक्त खेलकुल विकासका लागि विधिको पालना र खेलकुदको विकासप्रतिको सामूहिक प्रतिबद्धता घोषण गरी सोको कार्यन्वयन गर्ने गराउने ।
- संधहरुलाई सम्बद्ध खेल विधामा थप अध्ययन तथा अनुसन्धानका लागि प्रोत्साहन गर्ने ।
- अभिलेखीकरण पद्धतिलाई परिर्माजन गर्दै खेल संघहरूको अभिलेख डिजिटलाइज प्रविधिबाट व्यवस्थापन गर्र्ने । अभिलेख दुरूस्त पारी सटवयरको माध्यमबाट प्रत्येक संस्थाहरूबाट सिधै एकीकृत अभिलेखमा प्रविस्ट हुने र सोको यथार्थ जानकारी सजिलैसँग दिन र पाउन सक्ने व्यवस्था गर्ने
- पूर्वाधार निर्माण, प्रशिक्षण, प्रतियोगिता र प्रोत्साहनका कार्यक्रमहरूको योजना ,परिचालन, व्यवस्थापन एवं अभिलेखन र कार्यान्वयन गर्न निजी क्षेत्र एवं व्यावसायिक घरानाहरुलाई प्रोत्साहन गर्ने ।
- गैर खेल सम्बद्ध संघहरुको खारेजी तथा एक खेल एक संघको अवधारणाको निशर्त कार्यान्वयन ।
खेलकुदको माध्यमबाट शारीरिक, मानसिक, बौद्धिक, संवेगात्मक विकासका माध्ययमबाट नैतिकवान मानव संशाधनको विकास गरी अनुशासित र मर्यादित समाज निर्माण गर्दै खेलकुदलाई रोजगारमूलक व्यवसायको रूपमा समेत स्थापित गर्न स्थानीय तहदेखि नै कार्यक्रम सञ्चालन गर्नु पर्दछ । समृद्ध नेपाल सुखी नेपाली बनाउने अभियानमा योगदान दिई सो अभियानलाई साकार पार्न खेलकुदसँग सम्बन्धित पूर्वाधार निर्माण, प्रशिक्षण ता प्रशिक्षक उत्पादन ,प्रतियोगिता आयोजना र उत्कृष्टताका प्रोत्साहन तथा सहुलियतका कार्यक्रमहरूको तर्जुमा, व्यवस्थापन एवं कार्यान्वयनका लागि स्थानीय तहदेखि नै खेलकुद संघसंस्थाहरूको व्यवस्थापन हुनु जरूरी छ ।
खेलकुद संघहरुको दर्ता प्रक्रिया वस्तुगत बन्न नसक्दा विवादहरु बढने , संधहरुको संख्या यकिन नहुने, राजनैतिक तथा प्रशासनिक खिचातानी बढने लगायतका बेथितिहरु यस क्षेत्रमा देखिएका छन् । यसको समाधानका लागि दर्ता तथा नवीकरणका लागि बस्तुगत मापदण्ड सहित संख्या निर्धारण गर्ने ,वर्गीकरण तथा संघको स्तर निर्धारणका अध्ययन एवं सिफारिस गर्न छुट्टै समितिको गठन गर्ने र संघहरुको व्यावसायिक कार्य योजनाका आधारमा प्रोत्सहान गर्ने परिपाटिका साथै नीतिगत क्षेत्रका कमी कमजोरीहरुको समयानुकूल परिमार्जन गर्नुपर्ने देखिन्छ ।
संघसंस्थाहरूको भौतिक उपस्थितिको बढोत्तरी मात्र नभई तिनीहरूको प्रभावकारी परिचालन, नियमन, व्यवस्थापन र मूल्याड्ढन लगायतका पक्षको व्यवस्थापन गर्न सकेमा मात्र खेल संघहरू थप व्यवस्थित हुने र व्यवस्थित संघहरूबाट समय सापेक्ष उपलब्धी प्राप्त गर्न सकिने देखिन्छ ।