काठमाडौं । नेपाल पुलिस क्लबका मिडफिल्डर भोला सिलवालले फेरी चोट बोकेका छन् । शुक्रबार थ्री स्टारविरुद्वको खेलको क्रममा पुलिसका कप्तान सिलवालले चोट बोकेका हुन् । गोल गरेपछि खुसीयाली मनाउने क्रममा उनको घुडाँमा चोट लागेको थियो ।
चोट मुक्त हुँदै घरेलु लिगमा फर्किएका सिलवाल पुन मैदान बाहिर रहने पक्का भएको हो । चाेट बाेकेपछि ६१ औ मिनेटमा उनलाई रेजिन सुब्बाले स्थानान्तरण गरेका थिए ।
गोलपछि खुसी मनाउने क्रममा उनी कृतिम घाँसे मैदानमा अल्झिएर घाईते हुन पुगेका थिए ।
‘सेलिब्रेसनको समय बुट अल्झिएर घाईते भए ।’ खेलपाटीसंग उनले भने । घाईते भएसंगै उनले लिगको बाँकी खेल गुमाउनेछन् ।
‘भोली (आईतबार) हस्पिटलमा देखाउछु, कति समय रेस्ट हुन्छ भन्ने कुरा बल्ल थाहा हुन्छ ।’ उनले थपे, ‘फेरी एक डेढ महिना मैदान बाहिर बस्नुपर्छ जस्तो छ ।’
जारी लिगमा पुलिसले आफ्ना स्ट्राईकर सुमन लामालाई चोटका कारण गुमाएका थिए ।