एजेन्सी । इंग्लिश क्लब लिभरपुलका मिडफिल्डर एलेक्स अक्स्लेड चेम्बरलिन फेब्रुवरीको अन्तिम साताबाट मैदान फर्कने भएका छन् ।
पछिल्लो आठ महिनाबाट मैदान बाहिर रहेका इंग्लिश मिडफिल्डर चेम्बरलिन फेब्रुवरीको अन्तिम तथा मार्चको पहिलो साताबाट मैदान फर्कने भएका हुन् ।
'राम्रो समचार छ । उसले मैदानमा अभ्यास सुरु गरेको छ । उ सामान्य देखिएका छन्,' लिभरपुलका प्रशिक्षक जोर्गेन क्लोपले भनेका छन्, 'हामी उनको चोटको प्रतिक्रिया हेरिरहेका छौं । कुनै चुनौती छैन । फेब्रुवरी वा मार्चबाट चेम्बरलिन मैदान फर्कनेछ ।'
घुडाको लिगामेन्ट च्यातिएका कारण २४ बर्षिय चेम्बरलिन गत अप्रिलबाट मैदान बाहिर रहेका छन् । चेम्बरलिन च्याम्पियन्स लिग अन्तर्गत रोमाविरुद्धको सेमिफाइनल खेलको दौरान घाइते भएका थिए ।
रोमाविरुद्धको खेलमा घाइते भएसंगै चेम्बरलिनले रुस विश्वकप समेत गुमाएका थिए ।