एजेन्सी । चेल्सी प्रशिक्षक माउरिजियो सर्रीले फरवार्ड ईडेन हजार्डको भविष्यको निर्णय गर्ने समय आएको बताएको छन् । २७ बर्षका बेल्जियमका अन्तराष्ट्रिय खेलाडीले गत बुधबारमात्र क्लबका लागि सय गोल पुरा गरेका थिए । उनले आफु चेल्सी लिजेण्ड बन्ने चाहना व्यक्त गरेका थिए ।
हजार्डको सम्झोता आगामी सन् २०२० मा सकिदैछ । उनी पछिल्लो समय स्पेनिस क्लब रियल मड्रिडसंग जोडिएका छन् । प्रशिक्षक सर्रीले चेल्सीले समस्याको समाधान गर्ने बताए ।
हजार्डको भविष्यलाई लिएर सोधिएको प्रश्नमा सर्रीले भने, 'मलाई केही थाहा छैन तर म सोच्छु यो निर्णय गर्ने समय हो ।' हजार्डले गत अक्टोबरमा स्पेनिस क्लब रियल मड्रिड जाने आफ्नो समय भएको बताएका थिए ।
यसै साता वाटफोर्डविरुद्व दुई गोल गरेपछि उनले भनेका थिए, 'म क्लबका लागि धेरै गोल गर्न चाहन्छु । र क्लबको लागि लम्पार्ड, ड्रोग्बा र जोन टेरी जस्तै लिजेण्ड बन्न चाहन्छु'
प्रशिक्षक सर्रीले भने, 'म संग कुनै शक्ति छैन, म प्रशिक्षक हो, म अध्यक्ष हैन, म बजारको बिषयमा निर्णय गर्न सक्दिन ।'
'म उनको मैदानको भुमिकाको बिषयमा मात्र बोल्न सक्छु ।' उनले थपे ।
ईटालिन प्रशिक्षक सर्रीले स्पेनिस मिडफिल्डर सेस फाब्रिगासलाई स्टामफोर्ड ब्रिजमा बसेको हेर्न चाहेको समेत बताएका छन् ।