काठमाडौं । कागेश्वरी मनोहरा यू–१६ सान क्रिकेट कप टी – ट्वान्टी क्रिकेटको उपाधि वाइवाई ग्रेट हिमालय क्रिकेट एकेडेमीले जितेको छ ।
किर्तिपूर क्रिकेट मैदानमा भएको फाइनलमा ग्रेट हिमालयले नेक्सस एकेडेमीलाई ५ विकेटले हराउदै उपाधि जितेको हो । उपाधिसँगै हिमालयले ३० हजार सहित ट्रफी मेडल र प्रमाण प्राप्त गरेको छ । उपविजेता बनेको नेक्ससले २० हजार ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्यो ।
वर्षाले प्रभावित गरेपछि १० ओभरमा झारिएको खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको नेक्ससले ९ ओभर ४ बलमा अलआउट हुँदै ४४ रन बनाउन सक्यो । नेक्ससका शाहिल पटेलले १२ बलमा ११ जोड्नु बाहेक अन्य खेलाडीले उलेख्य रन जोड्न सकेनन् । ग्रेट हिमालयका विवेक यादव र अभिषेक थापाले समान २ – २ विकेट लिए ।
नेक्ससले दिएको ४५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हिमालयले ९ ओभर १ बलमा लक्ष्य पुरा गर्यो । हिमालयका लागि विवेक यादवले १६ रन जोड्दा अभिषेक थापाले १५ रन बनाए । नेक्ससका सुभाष विक, तृतराज दास, आविष्कार जोशी र चिराग शाहीले समान १ – १ विकेट लिए ।
प्रतियोगिताको उकृष्ट खेलाडी ओएसिसका सचिन शर्मा घोषित भए । यस्तै उत्कृष्ट ब्याट्सम्यान ओएसिसका आईश भट्टराई घोषित हुँदा उत्कृष्ट बलर एञ्जल्स स्पोर्टसका किशोर बोगटी बने । यस्तै ईमर्जिङ्ग खेलाडी बालुवाटार क्रिकेट क्लबका प्रतिक पंडित घोषित भए ।
तस्विर :सुदिप शर्माको फेसबुक