काठमाडौं । केएल राहुल र विराट कोहली चम्किएको खेलमा भारतले एकदिवसीय विश्वकपमा शानदार सुरुआत गरेको छ ।
शनिबार चेन्नेईमा भएको खेलमा भारतले ५ पटकको विश्व विजेता अष्ट्रेलियालाई ६ विकेटले हराएको हो ।
अष्ट्रेलियाले प्रस्तुत गरेको २ सय रनको सामान्य लक्ष्य भारतले ४१ दशमलव १ बलमा मात्र ४ विकेटको क्षतीमा पुरा गर्यो । भारतका लागि केएल राहुलले अविजित ९७ रनको योगदान गरे । शतक बनाउन तीन रनको चुकेका उनले ८ चौका र २ छक्काको मदतले सो रन बनाएका हुन् ।
विराट कोहलीले ८५ रनको योगदान गरे । रोहित शर्मा र इशान किशनलाई शुन्य रनमा गुमाएर खराब सुरुआत गरेको भारतको इनिङ्स विराट र केएल राहुलले सम्हालेका थिए । श्रेयस एयर पनि शुन्य रनमा पोविलियन फर्किए । हार्दिक पाण्डेया ११ रनमा नटआउट रहे ।
अष्ट्रेलियाका जोस हेजलउडले सर्वाधिक ३ तथा मिचेल स्टार्सले १ विकेट हात पारे ।
सुरुआती ब्याटिङ गरेको अष्ट्रेलिया ३ बल बाँकी छदै १ सय ९९ रनमा अलआउट बन्यो । स्टेभेन स्मिथले बनाएको ४६ रन टोलीको सर्वाधिक स्कोर रह्यो । डेभिड वार्नरले ४१, मिचेल स्चार्सले २८ र मार्नुस लाबुशेनले २७ रन बनाए । ग्लेन म्याक्सवेल र पट कुमिन्सले समान १५ रन जोडेका थिए । अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
भारतका रबिन्द जडेजाले सर्वाधिक ३ तथा कुलदीप यादव र जसप्रीत बुम्राहाले समान २ विकेट लिए । मोहमद सिराज, हार्दिक पाण्डेया, रविचन्द्रन आश्विनले समान एक एक विकेट हात पारे ।
भारत र अष्ट्रेलिया एकदिवसीय विश्वकपको आफ्नो पहिलो खेलमा आमने सामने भएका हुन् ।