एजेन्सी । ईङ्लिस प्रिमियर लिग फुटबलमा वेस्ट ह्यामले साउथह्याम्टनलाई पराजित गरेको छ । बिहिबार राति भएको खेलमा वेस्ट ह्याम युनाईटेडले साउथह्याम्टनलाई २–१ ले हराएको हो ।
घरेलु टोली साउथह्याम्टनले ५० औ नाथन रोडमोन्डको गोलबाट अग्रता लिएको थियो । तर फिलिप एन्डरसनले ८ मिनेटको अन्तरमा दुई गोल गर्दै घरेलु टोलीलाई स्तब्ध पारे ।
५३ औ मिनेटमा पहिलो गोल गरेका उनले ५९ औ मिनेटमा दोस्रो गोल थपे ।
जितपछि वेस्ट ह्याम २७ अंक सहित नवौ स्थानमा उक्लियो । साउथह्याम्टन १५ अंक सहित रेलिगेशन जोन भन्दा दुई स्थान माथि रह्यो ।