एजेन्सी । इन्टर मिलानले इटालियन सिरी 'ए' फुटबल अन्तर्गत घरेलु मैदानमा हुने दुई खेल दर्शकबिना बन्द रंगशालामा खेल्नुपर्ने भएको छ ।
बुधबार राति इन्टर समर्थकहरुले नापोलीका खेलाडीलाई दुर्व्यहार गरेपछि इन्टरले दुई खेल रंगशालाको गेट बन्द गरेर खेल्नु पर्ने भएको हो । उक्त खेल इन्टरले १ - ० ले आफ्नो बनाएको थियो ।
बुधबार राति भएको खेलमा इन्टरका समर्थकले नापोलीका कालिदो काउलिबालीलाई रंगभेदी दुर्व्यवहार गरेका थिए । उक्त दुर्व्यवहारपछि सिरी 'ए' ले छानबिन गर्दै इन्टरलाई कारबाही स्वरूप दर्शकबिना खेल्नुपर्ने निर्णय गरेको हो ।
इन्टर मिलानले भने कारबाहीबारे अपील गर्ने बताएको छ ।
यस्तै सिरी 'ए' ले नापोलीका काउलिबालीलाई दुई खेलको प्रतिबन्ध लगाएको छ । इन्टरविरुद्धको खेलमा काउलिबालीले रातो कार्ड पाएका थिए ।