काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणका लागि खेलाडी अक्सन आज शनिबार हुदैछ ।
आयोजक नेपाल स्पोर्ट्स इभेन्ट एण्ड म्यानेजमेन्ट कम्पनीले ए, बी र सी डिभिजन लिगका १७९ जना खेलाडीलाई अक्सनमा समावेश गरेको छ ।
एनएसएलका ९ वटा फ्रेन्चाइज टिमले खेलाडीमाथि बोली लगाउनेछन् ।
एनएसएलको दोस्रो संस्करणमा बुटवल लुम्बिनी, धनगढी, एफसी चितवन, झापा, ललितपुर, विरगञ्ज, पोखरा, काठमाडौं र स्पोर्टिङ इलाम गरि ९ टिम सहभागी छन् ।
विरगञ्ज, इलाम र झापा पहिलो पटक एनएसएल खेल्दैछन् । विराटनगर सिटी दोस्रो संस्करणको प्रतियोगितामा सहभागी छैन ।
अधिकांश टिमले आफ्नो मार्की खेलाडी छनोट गरिसकेका छन् । राष्ट्रिय टिमबाट उत्कृष्ट प्रर्दशन गरेको खेलाडीलाई अधिकांश टिमले मार्की खेलाडीको रुपमा अनुबन्धन गरेका छन् ।
प्रतियोगिता मंसिर ८ देखि पुस १४ सम्म काठमाडौंको दशरथ रंगशालामा हुदैछ ।