काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेको नाबालिका बलात्कार सम्बन्धि मुद्दा आईतबार पेशी नचढेर स्थगित भएको छ ।
गत सोमबार तय भएको पेशी न्यायाधीश अभावका कारण स्थगित भएर आइतबारका लागि तोकिएको थियो ।
काठमाडौं जिल्ला अदालतमा सन्दीपको मुद्धाको पेशी आईतबार समेत नचढी स्थगित भएको हो ।
सर्वोच्च अदालतले सन्दीपको बलात्कारको मुद्धालाई प्राथमिकतामा राखेर टुङ्गो लगाउन भनेपनि जिल्ला अदालतले काम गर्न सकेको छैन ।
सन्दीपमाथि नाबालिका बलात्कारको मुद्धामाथि अदालतमा सुनुवाई चलिरहेको छ । मुद्धाले अन्तिम किनारा नपाउँदा सन्दीपको खेल जीवन प्रभावित बनेको छ ।