एजेन्सी । इंग्लिश प्रिमियर लिग फुटबलमा चेल्सीले वाट्फोर्डलाई पराजित गरेको छ । बुधबार राति भएको खेलमा चेल्सीले वाट्फोर्डलाई २ - १ गोल अन्तरले हराएको हो ।
वाट्फोर्डको मैदानमा चेल्सीलाई जित दिलाउन इडेन हाजार्डले दुई गोल गरे । वाट्फोर्डका रोबर्टो पेएराले एक गोल गरे ।
बक्सिङ डेमा हाजार्डले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, पहिलो हाफको इन्जुरी समयमा वाट्फोर्डका रोबर्टोले गोल गर्दै खेल १ - १ को बराबरीमा ल्याएका थिए ।
त्यसपछि खेलको ५८ औं मिनेटमा पाएको पेनाल्टीमा हाजार्डले गोल गर्दै चेल्सीलाई २ - १ को जित दिलाए ।
वाट्फोर्डमाथिको जितसंगै चेल्सीले १९ खेलबाट ४० अंक जोडेको छ । चेल्सी लिगको चौथो स्थानमा छ । पराजित वाट्फोर्ड २७ अंक जोडेर नवौं स्थानमा छ ।