एजेन्सी । इंग्लिश प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुलले सहज जित निकालेको छ । बुधबार भएको खेलमा लिभरपुलले न्युकासल युनाइटेडलाई ४ - ० गोल अन्तरले हराएको हो ।
बक्सिङ डे को दिन घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन डेजान लोभ्रेन, मोहमद सलाह, शाकिरी र फाबिन्होले एक एक गोल गरे ।
एनफिल्डमा एकतर्फी जित निकालेको लिभरपुलले खेलको ११ औं मिनेटमा लोभ्रेनको गोलबाट अग्रता बनाएको थियो । ४८ औं मिनेटमा सलाहले पेनाल्टीमा गोल गर्दै लिभरपुलको अग्रता २ - ० को बनाए ।
खेलको ७९ औं मिनेटमा शाकिरीले गोल गर्दा लिभरपुल ३ - ० ले अघि रह्यो । त्यसपछि खेलको ८५ औं मिनेटमा फाबिन्हो गोल गर्दै लिभरपुललाई ४ - ० को फराकिलो जित दिलाए ।
जितसंगै लिभरपुलले लिगमा ६ अंकको अग्रता बनाएको छ । लिभरपुलले १९ खेलबाट ५१ अंक जोडेको छ । र, उपाधि होड बलियो बनाउदै लगेको छ ।
लिगमा दोस्रो स्थानको टोटेनहमको ४५ अंक छ । यस्तै तस्रो स्थानको म्यानचेस्टर सिटीको ४४ अंक छ । लिगको १५ औं अ रहेको न्युकासलको १७ अंक छ ।