काठमाडौं । युरोकप २०२४ छनोटअन्तर्गत ईटलीले नर्थ म्यासेडोनियासँग बराबरीमा रोकिएको छ ।
तेस्रो खेलमा बराबरीबको नतिजा निकालेको ईटली १-१ गोलमा रोकिएको थियो ।
समूह सि अन्तर्गत शनिबार राती भएको खेलमा ईटलीका लागि किरो ईममोबिल र म्यासेडोनियाका लागि ईनिस बर्डिहिले गोल गरेका थिए ।
नर्थ म्यासेडोनियाको घरेलु मैदानमा किरोले ४७ औं मिनेटमा ईटलीलाई अग्रता दिलाए पनि ईनिसले ८१ औं मिनेटमा बराबरी गोल फर्काए ।
ईटली ३ खेलमा १ जित, १ हार र १ बराबरीका साथ समूह सी को तेस्रो स्थानमा रहेको छ ।
म्यासेडोनिया चार खेलमा ४ अंकका साथ चौथो स्थानमा रहेको छ ।
यस समूहमा इंग्ल्यान्ड पाँच खेलमा चार जितका साथ शीर्ष स्थानमा रहेको छ ।
६० राष्ट्र सहभागी छनोटबाट २३ राष्ट्र युरो कप २०२४ का लागि छनोट हुनेछन् ।
जर्मनी आयोजक राष्ट्रको रुपमा युरोकपका लागि छनोट भईसकेको छ ।