काठमाडौं । कोशी प्रादेशिक क्रिकेट संघको अध्यक्षमा सर्वजित पाण्डे निर्वाचित भएका छन् ।
सोमबार झापामा भएको निर्वाचनमा पाण्डेले अर्का अध्यक्षका प्रत्याशि बिप्लव घोषलाई पराजित गरेका हुन् ।
पाण्डेले १९ मत पाउँदा घोषले १३ भोट प्राप्त गरेका थिए ।
त्यस्तै उपाध्याक्षमा अनुप ढुंगाना विजयी भएका छन् । ढुंगानाले अर्का प्रत्याशी प्रविन थापालाई चार मतले पराजित गरेका हुन् । अनुपले १८ भोटका पाउँदा थापाले भने २२ भोट प्राप्त गरेका थिए ।
सचिवमा टिकाराम पुरीले अर्का प्रत्यासी अर्जुन पौडेललाई पराजित गर्दै निर्वाचित भए । टिकारामले १८ र अर्जुनले १४ भोट प्राप्त गरे ।
कोषाध्यक्षमा बिरु श्रेष्ठले चेतनाथ पौडेललाई हराउँदै जितेका छन् । बिरुले १९ र पौडेलले १३ भोट प्राप्त गरे ।
सदस्यहरुमा सुरेश गुरागाँई, सुमेश कुमार हलुवाई, शिवकुमार यादव, सचित आनन्द सुब्बा, मिङ्मा डन्डु शेर्पा, नारद नेपाल, नवीन घिमिरे, रामकृष्ण आचार्य र अम्बिका बुढाथोकी विजयी भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रिय चुनाव असोज पहिलो साता हुँदैछ । त्यसअघि जिल्ला र प्रदेश चुनाव हुनेछ । सबै ४५ जिल्लाको चुनाव सकिएको छ । अब बाँकी पाँच प्रदेशको चुनाव हुनेछ । सुदूरपश्चिम प्रदेशमा बाशुदेव जोशी सर्वसम्मत रुपमा अध्यक्ष जितेका थिए ।