काठमाडौं । राजधानीमा जारी पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको ११ औं चरणका खेलहरु भोलि (बुधबार) बाट सुरु हुँदैछ । दशौ चरणको खेलपछि केहि दिनको विश्रामपछि लिग खेलहरु पुन: सुरु हुन लागेको हो ।
लिगको ११ औं चरणको पहिलो दिन विभिन्न ३ खेलहरु हुनेछन् । एन्फाले सार्वजनिक गरेको तालिका अनुसार बुधबार एन्फा कम्प्लेक्स सातदोबाटोमा २ खेल र एपीएफ मैदान हल्चोकमा एक खेल हुनेछ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले प्रतिस्पर्धा गर्नेछन् । उक्त खेल बिहान ११ बजे सुरु हुनेछ ।
यस्तै अपरान्ह २ : ३० मा हुने खेलमा जावलाखेल युथ क्लब र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ । त्यही समय हल्चोकमा न्युरोड टिम एनआरटी र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
यस्तै ११ औं चरण अन्तर्गत बिहिबार दुई खेल हुनेछ । पहिलो खेलमा एपीएफ क्लब र च्यासल युथ क्लबबीच खेल हुनेछ ।
दोस्रो खेलमा सिग्नेचर मनाङ मर्स्याङ्दी र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । यो दुईबिचको खेल लिगको महत्वपूर्ण खेलको रुपमा हेरिएको छ । उपाधिको छिनोफानो हुने खेलको रुपमा लिएको छ । लिगको उपाधि होडमा अहिले संकटा र मनाङ मात्र देखिएको छ ।
मनाङले संकटालाई हराएमा उपाधि मनाङको पोल्टामा जानेछ । मनाङ पराजित भएमा उपाधि होड खुल्ला रहनेछ । त्यसैले संकटा र मनाङबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ ।
लिगमा मनाङ १० खेलसम्म अपराजित छ । लिगको तीन खेल बाँकी रहदा मनाङले १० खेलबाट अपराजित रहदै ३० अंक जोडेको छ ।
शीर्ष स्थानको मनाङ दोस्रो स्थानको संकटा फुटबल क्लबभन्दा ५ अंकले अघि छ । संकटाको १० खेलबाट २५ अंक छ ।
यस्तै जारी लिगमा २३ अंक जोडेको थ्री स्टार तेस्रो, १८ अंक जोडेको आर्मी चौथो र १५ अंक जोडेको एपीएफ पाँचौ स्थानमा छन् ।
खेल तालिका :
सोमिडेले हेमन गुरुङको पासलाई सदुपयोग गरे । यस्तै खेलमा मनाङले अन्य गोलको अवसर सिर्जना गरेपनि गोल गर्न सकेनन् ।
मनाङविरुद्ध पुलिसले पनि गोल गर्ने मौका पाएको थियो । तर, सदुपयोग गर्न सकेनन् । खेलको ८२ औं मिनेटमा पुलिसले बराबरी गर्ने सुनौलो मौका गुमाएको थियो ।
अविशेख रिजालको पासमा किपर बिट भईसकेको अवस्थामा भरत साहले प्रहार गरेको बल आफ्नै टिमका खेलाडीलाई लागेर फर्कदा नजिकै रहेका मनाङका डिफेन्डर कमल श्रेष्ठले चलाखीपूर्ण तरिकाले बल बाहिर पठाईदिए ।
त्यसअघि खेलको ३६ औं मिनेटमा पुलिसका रबी पासवानले गोल गर्ने मौका पाएको पाएका थिए । तर, रबीको फितलो प्रहार मनाङका किपर विशाल श्रेष्ठले सहजै बचाए ।
खेलमा मनाङका डिफेन्डर तथा कप्तान बिराज महर्जन म्यान अफ दि म्याच चुनिए ।