एजेन्सी । इंग्लिश क्लब आर्सनलका मिडफिल्डर हेनरिक मिखटरियान ६ साता मैदान बाहिर रहने भएका छन् । खुट्टामा चोट बोकेपछि मिखटरियानले ६ साता मैदान बाहिर रहने भएका हुन् ।
अर्मेनियाका २९ बर्षीय मिडफिल्डर मिखटरियान काराबाओ कप अन्तर्गत टोटेनहमविरुद्धको खेलमा घाइते भएका थिए ।
उक्त क्वाटरफाइनल खेलमा आर्सनल टोटेनहमसंग पराजित भएको थियो । यस्तै मिखटरियान प्रिमियर लिग अन्तर्गत बर्नलीविरुद्धको खेलमा समेत टिममा रहेका थिएनन् ।
मिखटरियानको दाहिने खुट्टाको पैताला फ्याक्चर भएको बताईएको छ । मिखटरियानको चोट ठिक हुन कम्तिमा ५ देखि ७-६ हप्ता लाग्ने बताइएको छ ।
मिखटरियानले यो सिजन ४ गोल गर्नुका साथै ३ गोलका लागि पास उपलब्ध गराएका छन् ।