धनगढी । नवदुर्गा युवा क्लब, मनकामना युवा क्लब र गौरीगंगा–११ स्पोर्टस क्लबले धनगढीमा जारी चौथो संस्करणको फारवेष्ट पशुपति कप फुटबलको क्वाटरफाइनलमा स्थान बनाएका छन् ।
यस्तै दोस्रो खेलमा मनकामनाले वनदेवी युवा क्लब तेघरीलाई ३–१ गोल अन्तरले हरायो । मनकामनाका लागि तिर्थ भण्डारी, विष्णु चौधरी र मनिष बोहोराले एक एक गोल गरे । वनदेवीका लागि धर्म भट्टले एक गोल फर्काए ।
प्रतियोगिता अन्तर्गत नै सोमबार भएको तेस्रो खेलमा गौरीगंगाले सुदुरपश्चिमाञ्चल फुटबल एकेडेमी पुर्नवासलाई १–० ले पराजित गर्यो । गौरीगंगालाई जिताउन कार्लोस बखरियाले निर्णायक गोल गरे ।
प्रतियोगिताको विजेतालेचार र उपविजेताले नगद दुई लाख पाउनेछन् । उत्कृष्ट खेलाडीहरुले पनि नगद पुरस्कार पाउने छन् ।