एजेन्सी । इंग्लिश क्लब आर्सनलका पुर्व प्रशिक्षक आर्सेन वेंगरले क्रिस्टियानो रोनाल्डो भन्दा लियोनल मेस्सी उत्कृष्ट खेलाडी रहेको बताएका छन् ।
करिब २२ बर्ष आर्सनलमा बिताएर हाल क्लबबिहिन रहेका वेंगरले एक कार्यक्रममा मेस्सी उत्कृष्ट रहेको बताएका हुन् ।कार्यक्रममा अर्जेन्टिना तथा बार्सिलोनाका कप्तान मेस्सी पोर्चुगल तथा युभेन्ट्सका कप्तान रोनाल्डो भन्दा उत्कृष्ट रहेको दाबी गरे ।
मेस्सी र रोनाल्डोमध्ये को उत्कृष्ट भनेर वेंगरलाई प्रश्न सोधिएको थियो । जवाफमा वेंगरले मेस्सी उत्कृष्ट रहेको बताए ।
'मेस्सी उत्कृष्ट छ । मलाई लाग्छ मेस्सी उत्कृष्ट हो,' वेंगरले भनेका छन् ।
यस्तै वेंगरले मेस्सी सर्वकालीन महान खेलाडी रहेको दाबी गरे ।
मेस्सी र रोनाल्डोमा कुन खेलाडी सर्वकालीन महान खेलाडी हुन् ? वेंगरलाई प्रश्न गरिएको थियो ।
'लियोनल मेस्सी' वेंगरले भने ।