एजेन्सी । इटालियन क्लब इन्टर मिलानले मिडफिल्डर राड्जा नाइनगोलानलाई एक खेलको प्रतिबन्ध लगाएको छ ।
क्लबको अनुशासन तोडेको भन्दै बेल्जियमका पुर्व मिडफिल्डर नाइनगोलानलाई क्लबले प्रतिबन्ध लगाएको हो । क्लबको अभ्यासमा धेरै पटक ढिला उपस्थित भएपछि क्लबले प्रतिबन्ध लगाएको हो ।
प्रतिबन्धसंगै नाइनगोलानले बुधबार हुने नेपोलीविरुद्धको खेल गुमाउनेछन् । ३० बर्षीय नाइनगोलानले प्रतिबन्धसंगै क्लबलाई जरिवाना समेत तिर्नु पर्नेछ ।
नाइनगोलानले यस सिजन १५ खेलमा ३ गोल गरिसकेका छन् । नाइनगोलानले यसै बर्ष भएको रुस विश्वकपका लागि टिममा स्थान बनाउन नसकेपछि राष्ट्रिय टोलीबाट सन्यास लिएका थिए ।