एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा सेभिया बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा सेभिया लेगानेससंग १ - १ गोलको बराबरीमा रोकिएको हो ।
लेगानेसको मैदानमा हारको नजिक पुगेको सेभियालाई विसम बेन एड्डरले जोगाएका थिए । खेलको इन्जुरी समयमा एड्डरले गोल गर्दै सेभियालाई हारबाट जोगाएका थिए । त्यसअघि खेलको पाँचौ मिनेटमा मिकेल भेस्गाले गोल गर्दै लेगानेसलाई सुरुवाती अग्रता दिलाएका थिए ।
लेगानेससंगको बराबरीसंगै सेभियाले लिगको दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ । तेस्रो स्थानको सेभियाले १७ खेलबाट ३२ अंक जोडेको छ ।
सेभिया दोस्रो स्थानको एट्लेटिको मड्रिडभन्दा २ अंकले पछि छ । यस्तै शीर्ष स्थानको बार्सिलोना भन्दा पाँच अंकले पछि छ ।