एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा युभेन्ट्सले पराजित यात्रा कायम राखेको छ । शनिबार राति भएको खेलमा रोमालाई १ - ० गोल अन्तरले हराउँदै युभेन्ट्सले अपराजित यात्रा कायम राखेको हो ।
घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सका लागि मारियो मान्डजुकिचले निर्णायक गोल गरे । पहिलो हाफको ३५ औं मिनेटमा मान्डजुकिचले गरेको गोलबाट युभेन्ट्सले ३ अंक जोडेको हो ।
खेलमा घरेलु टोलीले एकतर्फी बल पोजिसनमा पकड जमाएपनि गोल गर्न सकेनन् । युभेन्ट्सको आधा दर्जन प्रहार गोल हुन सकेन ।
जितसंगै युभेन्ट्सले १७ खेलसम्म अपराजित यात्रालाई कायम राखेको छ । यस्तै युभेन्ट्सले लिगमा शीर्ष स्थानको अग्रता आठ अंकको बनाएको छ ।
युभेन्ट्सले १७ खेलबाट ४९ अंक जोडेको छ । पराजित रोमा २४ अंक जोडेर दशौं स्थानमा छ ।
लिगको दोस्रो स्थानको नापोलीको ४१ अंक छ । नापोलीले शनिबार राति एसपीएएललाई १ - ० ले हराएको थियो ।
सिरी 'ए' अन्तर्गत नै अन्य खेलमा तेस्रो स्थानको इन्टर मिलान चिभोसंग १ - १ गोलको बराबरीमा रोकिएको छ । यस्तै लाजियोले काग्लियारीलाई ३ - १ ले पराजित गर्दा एसी मिलान फियोरेन्टिनासंग १ - ० ले पराजित भएको छ ।