एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा आज (शनिबार) चार खेल हुँदैछ । शनिबार लिग लिडर बार्सिलोनासहित लिगका ठुला क्लबले प्रतिस्पर्धा गर्दैछन् ।
बार्सिलोनाले शनिबार घरेलु मैदानमा सेल्टा भिगोको सामना गर्नेछ । बार्सिलोना र सेल्टाबीचको खेल नेपाली समय अनुसार राति ११:१५ मा सुरु हुनेछ ।
सेल्टाविरुद्ध मैदान उत्रदा बार्सिलोना लिगमा आफ्नो अग्रता फराकिलो बनाउने लक्ष्यमा हुनेछ । लिगको १६ खेलबाट ३४ अनक जोडेको बार्सिलोना शीर्ष स्थानमा छ । सेल्टाविरुद्ध जित निकाले बार्सिलोनाले दोस्रो स्थानको सेभियाविरुद्ध ६ अंकको अग्रता बनाउनेछ ।
यता, २१ अंक जोडेर दशौं स्थानमा रहेको सेल्टा भने बार्सिलोनालाई हराएर अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ ।
यस्तै अर्को खेलमा एट्लेटिको मड्रिडले स्पानियोलविरुद्ध प्रतिस्पर्धा गर्दैछ । एट्लेटिको र स्पानियोलबीचको खेल राति ९ बजे सुरु हुनेछ ।
घरेलु मैदानमा एट्लेटिको जितसहित शीर्ष स्थानको बार्सिलोनालाई दबाब दिन चाहन्छ । तेस्रो स्थानको एट्लेटिकोको ३१ अंक रहेको छ । एट्लेटिको बार्सिलोना भन्दा ३ अंकले मात्र पछि छ ।
ला लिगा अन्तर्गत अन्य खेलमा रियल बेटिसले इबरको सामना गर्नेछ । यस्तै एट्लेटिको बिल्बाओले रियल भालाडोलिडको सामना गर्नेछ ।