काठमाडौं । सिमरा गोल्डकपको दशौ संस्करण आगामी माघ ३ गते सुरु हुने भएको छ । आयोजक नव जन जागृति युवा क्लबले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता माघ ३ बाट १२ गतेसम्म सञ्चालन हुने जानकारी दिएको हो ।
प्रतियोगितामा ए डिभिजनका ६ टोली तथा आयोजक सहित मोफसलका ३ टिम र एक विदेशी क्लब समावेश गरिनेछ । प्रतियोगिताको विजेताले ६ लाख र उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले बताएको छ ।
विधागततर्फका उत्कृष्ट खेलाडीलाई जनही २० हजार र उत्कृष्ट खेलाडीलाई १५ हजार रुपैयाँ उपलब्ध गराईनेछ । प्रतियोगिताका सम्पुर्ण खेल सिमरा रंगशालामा सञ्चालन गरिनेछ ।
करिब ७७ लाख अनुमानित बजेट रहेको प्रतियोगिताको मुख्य प्रायोजकमा विजय डिष्ट्रिलरी र सहयोगीको रुपमा राष्ट्रिय खेलकुद परिषद, एन्फा र जीतपुरसिमरा उपमहानगरपालिका रहेको छ ।
प्रतियोगिताको सहप्रायोजकमा क्याल ग्रुप अफ ईण्डष्ट्रिज, सुर्य नेपाल प्रालित, जगदम्बा स्टील्स्, हुलास स्टील्स्, क्लासिक ईण्डष्ट्रिज, बिश्वकर्मा सिमेन्ट लगायत रहेका छन् ।