धनगढी । कैलालीको गोदावरीमा जारी मदरल्याण्ड युथ कप फुटबलको उपाधिका लागि आयोजक मदरल्याण्ड युवा क्लब र सुदुरपश्चिम– ११ बीच प्रतिस्पर्धा हुने भएको छ ।
बिहिबार भएको पहिलो सेमिफाईनलमा सुदुरपश्चिम–११ ले पिएफए अत्तरीयालाई १–० ले हराउँदै फाईनल स्थान बनाएको हो । सुदूरपश्चिमका लागि सुरेश रानाले ११ औं मिनेटमा निर्णायक गोल गरे ।
यस्तै दोस्रो सेमिफाईनलमा आयोजक मदरल्याण्ड ' ए' ले फारवेष्ट पशुपतिलाई ३–१ गोल अन्तरले पराजित गर्यो । मदरल्याण्डको जितमा जीवन चौधरीले ह्याट्रिक गरे । फारवेष्ट पशुपतिका चेतन कठायतले एक गोल गरे ।
फाइनल खेल शनिबार हुनेछ । प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले नगद एक लाख प्राप्त गर्नेछन् ।