एजेन्सी । टोटेनहमका स्ट्राईकर डेली अलीको टाउकोमा प्याष्टिकको बोतल प्रहार गर्ने घटनाको प्रहरीले अनुसन्धान गर्ने भएको छ । बुधबार राति आर्सनलविरुद्व २–० को जित निकाल्ने क्रम टोटेनहमका अली माथि प्लाष्टिकको बोतल प्रहार भएको थियो । ईमिरेट्स स्टेडियममा समर्थकको भिडबाट बोतल प्रहार भएको थियो ।
२२ बर्षिया अली टच लाईनमा भएको समयमा खेलको ७३ औ मिनेटमा बोतल फ्याकिएकाे थियो । स्थानीय प्रहरीले आर्सनलसंग मिलेर घटनामा संलग्न ब्यक्तिको खोजी गर्ने काम सुरु गरिएको बताएको छ ।
क्लबले सीसीटीभी फुटेजबाट संलग्न व्यक्तिको खोजी गरिरहेको बताएपनि प्रहरीले अहिलेसम्म कुनै व्यक्ति पक्राउ नपरेको बताएको छ । अलीको गोलसंगै टोटेनहम कारबाओ कप फुटबलको सेमिफाईनलमा प्रवेश गरेको थियो ।