काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाईटेड खरिद गर्न कतारी बैंकर शेख जसिम बिन हमाद अल थानीले पाँचौं बोली पेश गरेका छन् ।
कतारी शेख जसिमले आफ्नो फाउन्डेसन नाइन टु फाउन्डेसनले युनाईटेड खरिद गर्न पाँचौं बोलपत्र दिएको बीबीसीले जनाएको छ ।
कतारी बैंकरको यो अन्तिम बोली पेश रहेको बताईएको छ । यसपछि उनी खरिद प्रक्रियामा सामेल नहुने बताईएको छ।
यस अघि बेलायती कम्पनी इनेओसले समेत युनाईटेड किन्न बोलपत्र पेश गरेको थियो । सर जिम र्याक्लिफको स्वामित्वमा रहेको इनेओसले युनाईटेड किन्न बोलपत्र पेश गरेको हो ।
अर्बपति र्याक्लिफले युनाइटेड किन्न आफ्नो रुचि पहिले नै बताइसकेका थिए।
युनाईटेड ग्लेजर परिवारको स्वामित्वमा रहेको छ । ग्लेजर परिवारले २००५ मा युनाइटेड किनेको थियो ।
धेरै ऋण भएपछि अहिले ग्लेजर परिवार युनाईटेड बेच्न खोजिरहेको छ ।
युनाईटेडको ऋण झन्डै १ विलियन पाउण्ड पुगेको छ । एक तथ्यांक अनुसार युनाईटेडको ऋण ९६९.६ मिलियन रहेको छ ।