एजेन्सी । इंग्लिश क्लब म्यानचेस्टर युनाइटेडका पुर्व प्रशिक्षक जोसे मौरिन्होले म्यानचेस्टर युनाइटेडबिना पनि आफ्नो भविष्य रहेको बताएका छन् ।
म्यानचेस्टर युनाइटेडबाट बर्खास्तमा परेपछि स्काई स्पोर्ट्ससंग कुराकानी गर्दै मौरिन्होले युनाइटेडबिना पनि आफ्नो भविष्य रहेको बताएका हुन् ।
'म बिना म्यानचेस्टर युनाइटेडको भविष्य छ र म्यानचेस्टर युनाइटेडबिना मेरो भविष्य छ,' मौरिन्होले भनेका छन् ।
इंग्लिश प्रिमियर लिगमा यस सिजन खराब प्रदर्शन रहेपछि क्लबले मंगलबार पोर्चुगिज प्रशिक्षक मौरिन्होलाई बर्खास्त गरेको थियो । र, युनाइटेडले बुधबार पूर्व फरवार्ड तथा नर्वेजीयन प्रशिक्षक ओले गुनर सोल्सायरलाई केयरटेकर प्रशिक्षक नियुक्त गरेको थियो ।
यस सिजन लिगको छैटौं स्थानमा रहेको युनाइटेड शीर्ष स्थानको लिभरपुलभन्दा १९ अंकले पछि छ ।
यस्तै प्रशिक्षण मौरिन्होले आफु सधै आलोचित भएको कारण क्लब छाडेको बताए । उनले फुटबलमा नफर्केसम्म आफुलाई सामान्य नागरिक जस्रो बाच्ने अधिकार रहेको समेत बताए ।
यस्तै प्रशिक्षक मौरिन्होले युनाइटेडका सहकर्मीबारे आफुले टिप्पणी नगर्ने बताए ।
'जब मैले युनाइटेडको जर्सी लगाए । मलाई विश्वास छ कि मलाई समर्थकहरुले माया गर्छन्,' मोरिन्हो भनेका छन्, 'मेरो एक अध्याय बन्द भएको छ । तर, म मेरा सहकर्मीबारे टिप्पणी गर्दिन । मा उनीहरुलाई आदर गर्छु ।'