एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा एसी मिलान बराबरीमा रोकिएको छ । मंगलबार राति भएको खेलमा मिलान बोलोग्नासंग गोलरहित बराबरीमा रोकिएको हो ।
बोलोग्नाको घरेलु मैदानमा पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा मिलानले अंक बाडेको हो । घरेलु टोलीको पोष्टमा आधा दर्जन आक्रमण गरेपनि मिलानले गोल निकाल्न सकेनन् ।
यस्तै बोलोग्नाबिरुद्ध मिलान १० खेलाडीमा समेटिदा उत्कृष्ट प्रदर्शन गर्नबाट चुकेको थियो । खेलको ७३ औं मिनेटमा बाकायोकोले रातो कार्ड पाउदा मिलान खेलाडीमा समेटिएको थियो ।
यो बराबरीसंगै मिलानले शीर्ष तीन टोलीसंगको अंक दुरी कम गर्ने मौका गुमाएको छ । चौथो स्थानमा रहेको मिलानले १६ खेलबाट २७ अंक जोडेको छ । १२ अंक जोडेर बोलोग्ना रेलिगेसन क्षेत्रमा छ ।
सिरी 'ए'लिगमा ४६ अंक जोडेको युभेन्ट्स शीर्ष स्थानमा रहदा ३८ अंक जोडेको नापोली दोस्रो र ३२ अंक जोडेको इन्टर मिलान तेस्रो स्थानमा छ ।