एजेन्सी । इटालियन सिरी ए फुटबलमा नापोलीले साँघुरो जित निकालेको छ । आइतबार राति भएको खेलमा नापोलीले काग्लियारीलाई १ - ० गोल अन्तरले पराजित गरेको हो ।
एरिक मिलिकले इन्जुरी समयमा निर्णायक गोल गरेपछि नापोलीले काग्लियारीलाई उसैको मैदानमा हराएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको अन्तिम समयमा एक गोल गर्दै नापोलीले महत्वपूर्ण जित निकालेको हो । मिलिकले इन्जुरी समयको तेस्रो मिनेटमा निर्णायक गोल गरेका हुन् ।
जितसंगै दोस्रो स्थानको नापोलीले १६ खेलबाट ३८ अंक जोडेको छ । र, शीर्ष स्थानको युभेन्ट्सलाई पछ्याईरहेको छ । नापोली युभेन्ट्सभन्दा अझै ८ अंकले पछि छ । युभेन्ट्सको ४६ अंक छ ।
सिरी ए अन्तर्गत नै आइतबार राति रोमाले जिओनालाई ३ - २ गोल अन्तरले हराएको छ। २४ अंक जोडेको रोम छैटौं स्थानाम छ ।