काठमाडौं । नेपालले सहभागिता जनाउने थाइल्याण्ड महिला टी-ट्वान्टी स्मासको खेल तालिका सार्वजनिक भएको छ ।
आयोजक थाइल्याण्ड क्रिकेट एसोसियसनले आगामी जनवरी १२ देखि १८ तारिखसम्म हुने टी-ट्वान्टी स्मास प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो ।
प्रतियोगितामा थाइल्याण्डसंगै, नेपाल, तान्जिनिया, हङकङ, भुटान, इन्डोनेसिया, मलेसिया, कुवेत, एसएल नेभी र नामिबियाले प्रतिस्पर्धा गर्नेछन् ।
आयोजकले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो प्रतिद्वन्द्वी तान्जिनिया पाएको छ । नेपालले तन्जिनियाविरुद्ध १२ जनवरीमा प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।
यस्तै १४ जनवरीमा नामिबिया, १५ मा इन्डोनेसिया र अन्तिम खेलमा नेपालले १७ जनवरीमा कुवेतसंग खेल्नेछ ।
दुई समूहमा विभाजन गरेर खेलाइने प्रतियोगिताको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।
त्यसपछि नेपालले थाइल्याण्ड मै आयोजना हुने सन् २०२० को आईसीसी महिला विश्वकप क्रिकेटको एसिया छनोट खेल्नेछ । छनोट फेब्रुवरी १८ देखि २७ सम्म हुनेछ । जसमा नेपालसहित ७ राष्ट्रले प्रतिस्पर्धा गर्ने छन् ।
छनोटमा नेपाल, थाइल्याण्ड, युएई, मलेसिया, कुवेत, चीन र हङकङ रहेका छन् ।
एसिया छनोट र थाइल्याण्ड महिला टी-ट्वान्टी स्म्यासको लागि नेपाली टोलीको प्रशिक्षण बुधबारबाट सुरु हुनेछ ।