एजेन्सी । पाहुना टोली श्रीलंकाविरुद्धको पहिलो टेष्ट क्रिकेटको पहिलो इनिङसमा न्युजिल्यान्डले सामान्य अग्रता बनाएको छ ।
विलिङटनमा पहिलो इनिङसमा श्रीलंकालाई २८२ रनमा समेटेर पहिलो इनिङस थालेको न्युजिल्यान्डले दोस्रो दिनको खेल समाप्तिमा २९ रनले अग्रता बनाएको छ ।
टम लाथमले शतकीय इनिङस खेलेपछि न्युजिल्यान्डले ८४ ओभर खेल्दै २ विकेट गुमाएर ३११ रन बनाएर खेलिरहेको छ । न्युजिल्यान्डका लाथम १२१ रन बनाएर क्रिजमा रहेका छन् । रोस टेलर ५० रनमा अविजित छन् ।
यस्तै न्युजिल्यान्डका लागि कप्तान केन विलियमसनले ९१ रन जोड्दा जित राभालले ४३ रन जोडे । श्रीलंकाका लाहिरु कुमारा र धनन्जय डी सिल्भाले एक एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ९० ओभरमा अलआउट हुँदै २८२ रन बनाएको थियो । श्रीलंकाका एन्जेलो म्याथ्युजले ८३ रन जोड्दा निरोशन डिक्वालाले अविजित ८० रन जोडे । दिमुथ करुनारत्नेले ७९ रन जोडे । न्युजिल्यान्डका टिम साउथेले ६ विकेट लिए ।