काठमाडौं । साबिक उपबिजेता राजस्थान रोयल्सले भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायट्सबाट १ सय ५५ रनको लक्ष्य पाएको छ ।
यस संस्करणको आईपीएलको २६ औं खेलमा राजस्थानको घरेलु मैदान सवाई मानसिंह स्टेडियम जयपुरमा लखनउले १ सय ५४ रन बनाएको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५४ रन बनायो ।
लखनउका लागी ओपनर केल मेयर्सले ४२ बलमा ४ चौका तथा ३ छक्काको सहयोगमा ५१ रनको अर्धशतकीय ईनिङ खेले ।
अर्का ओपनर तथा कप्तान केएल राहुलले ३२ बलमा ४ चौका र १ छक्काको सहयोगमा ३९ रन बनाए । यि दुईले पहिलो विकेटका लागि ८२ रनको साझेदारी गरे ।
मार्कस स्टोईनसले १६ बलमा २१ रन बनाउँदा निकोलस पुरनले २० रन बनाए । कुर्नाल पान्ड्या २ बलमा ४ रन बनाउँदै अविजित रहे ।
राजस्थानका लागि रविचन्द्रन आश्विनले २ तथा सन्दीप शर्मा,जेसन होल्डर र ट्रेन्ट बोल्टले समान १/१ विकेट लिए ।
यस संस्करणको आईपीएलमा राजस्थान र लखनउले समान ५/५ खेल खेलेका छन् । राजस्थान आजको खेल जितेर पाँचौ जित निकाल्ने योजनामा रहेका छन् ।
लखनउ आजको खेल जितेर चौथो जित निकाल्ने योजनामा रहेका छन् ।
राजस्थान ८ अंकका साथ शीर्ष स्थानमा रहँदा लखनउ ६ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।
दुई टोलीबीचको भएको दुई भेटमा राजस्थान अपराजित रहेको छ । यस सिजन दुई टोलीबीचको यो पहिलो भेट हो ।