एजेन्सी । विराट कोहलीले आफ्नो उच्च फर्मलाई कायम राख्दा अष्ट्रेलियाविरुद्वको दोस्रो टेष्टमा भारत समालिएकाे छ । पर्थमा भएको दोस्रो दिनको खेलमा कोहलीले नटआउट ८२ रन बनाएपछि भारतले ३ विकेट गुमाएर १ सय ७२ रन बनाएको छ ।
केएल राहुललाई २ रनमा गुमाएको भारतले मुरली विजयलाई शुन्य रनमा गुमाउन पुगेको थियो । चेतेश्वर पुजारा २४ रनमा पवोलियन फर्किएपछि धर्मराएको भारतको इनिङ्सलाई कप्तान कोहलीले सम्हाले । उनलाई आजिक्या रहानेले नटआउट ५१ रन बनाएर साथ दिएका छन् ।
घरेलु टोलीका लागि मिचेल स्टार्चले दुई तथा जोस हेजलउडले एक विकेट चट्काए । दोस्रो टेष्टको पहिलो इनिङ्समा पहिले ब्याटिङ गरेको घरेलु टोली अष्ट्रेलिया ३ सय २६ रन बनाएको थियो ।
२ सय ७७ रनमा ६ विकेट गुमाएर दोस्रो दिनको खेल थालेको अष्ट्रेलियाले ४९ रन बनाउन बाँकी विकेट गुमाउन पुगेको थियो ।