एजेन्सी । इंग्लिश क्लब लिभरपुलका फरवार्ड मोहमद सलाहले ‘बीबीसी अफ्रिकन बर्ष फुटबलर’ अवार्ड जितेका छन् ।
युरोपमा व्यवसायिक फुटबल खेलिरहेका अफ्रीका महादेशका अन्य चार खेलाडीलाई पछि पार्दै इजिप्टका सलाहले सन् २०१८ को बीबीसी अफ्रिकन बर्ष फुटबलर अवार्ड हात पारेका हुन् ।
बेलायती संचार संस्था बीबीसीले हरेक बर्ष प्रदान गर्ने यस अवार्ड सलाहले लगातार दोस्रो पटक जितेका हुन् । सलाहले गत बर्ष पनि यस अवार्ड जितेका थिए । अवार्डका लागि बीबीसीले मनोनयन गरेका अन्य चार खेलाडी भन्दा सर्वाधिक बढी मत ल्याउदै सलाहले अवार्ड जितेका हुन् । सलाह यस अवार्ड जित्ने इजिप्टका तेस्रो खेलाडी हुन् ।
यस उपाधि जित्ने क्रममा सलाहले सेनेगल तथा लिभरपुलकै साडियो माने, मोरक्को तथा युभेन्ट्सका मेधी बेनेटीया, सेनेगल तथा मोनाकोका कालिडोउ कोलीवाली र घाना तथा एट्लेटीको मड्रिडका थोमस पार्टीलाई पछि पारे ।
बीबीसीले यस अवार्डका लागि मनोनित पाँच खेलाडीलाई भोटिङका लागि आफ्नो वेब साइडमा राख्ने गर्छ । जसमा समर्थकहरुको भोटका आधारमा विजेता घोषित गरिन्छ । यस अवार्ड जित्ने क्रममा सलाहले ६ लाख ५० हजार बढी भोट पाएका थिए ।
सलाहले गत सिजन लिभरपुलका लागि उत्कृष्ट खेलेका थिए। लिभरपुलका लागि सलाहले गत सिजन ५२ खेलमा ४४ गोल गरेका थिए । सलाहकै उच्च प्रदर्शनले गत सिजन लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा पुगेको थियो ।