ललितपुर । ललित स्मृति अन्डर १८ फुटबल च्याम्पियनसिपमा फ्रेन्ड्स क्लब समुह विजेताको रुपमा नकआउट चरण प्रवेश गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा भएको खेलमा फ्रेन्ड्स क्लबले मनाङ मस्र्याङ्दी क्लबलाई २–१ गोल अन्तरले पराजित ग¥यो ।
फ्रेन्ड्सलाई समुह विजेताको रुपमा क्वार्टरफाईनल पु¥याउने क्रममा अनिल महर्जनले दुई गोल गरे । १३ औँ मिनेटमा पहिलो गोल गरेका उनले ७६ औँ मिनेटमा दोस्रो गोल गरेका थिए । मनाङकालागि नवल तामाङले एक गोल फर्काए ।
फ्रेन्ड्सले दुईमा जित र दुईमा बराबरी नतिजा सहित समुह डीको विजेता बन्न सफल भयो ।