काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मस्र्याङ्दीविरुद्वको खेलमा आर्मीले मुख्य तीन स्ट्राईकरलाई उतारेकाे छ ।
उपाधि होडको महत्वपुर्ण खेलमा आर्मीले राष्ट्रिय टिमका मुख्य खेलाडी भरत खवास, नवयुग श्रेष्ठ र जर्ज प्रिन्स कार्कीलाई मनाङविरुद्वको खेलमा उतारेकाे हाे ।
विभागको ट्रेनिङ व्यस्त रहेका जर्ज प्रिन्सलाई आर्मीले मनाङविरुद्वको खेलका पुनरागमन गराएको छ । नवयुग र भरत नियमित रुपमा आर्मीको जर्सीमा खेल्दै आएका छन् ।
लिग उपाधि जित्ने लक्ष्य राखेको आर्मी प्रतियोगितामा अपराजित छ । मनाङलाई हराउँदै उपाधि होड खुल्ला बनाउने उसको लक्ष्य छ । सोही अनुसारको तयार स्वरुप मनाङविरुद्वको खेलमा आर्मी उत्रन लागेको हो ।
आर्मीका तीनै जना स्ट्राईकरले राष्ट्रिय फुटलब टिमको अग्रपङ्तीको नेतृत्व गरिसकेका छन् ।