काठमाडौं । १६ औं संस्करणको ईन्डियन प्रिमियर लिग(आईपीएल) क्रिकेटको उद्घाटन खेलमा साबिकको विजेता घरेलु टोली गुजरात टाईटन्सले १ सय ७९ रनको लक्ष्य पाएको छ ।
अहमदाबादमा रहेको विश्वको नै ठूलो क्रिकेट स्टेडियममा जारी खेलमा घरेलु टोलीले पाहुना टोली चेन्नाई सुपर किंग्सबाट १ सय ७९ रनको लक्ष्य पाएको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको पाहुना टोलीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७८ रन बनाएको हो ।
पाहुना टोलीका लागि ओपनर ऋतुराज गायकवाडले ५० बलमा ४ चौका र ९ छक्काको सहयोगमा ९२ रनको अर्धशतकीय ईनिङ खेले ।
मोईन अलिले २३ रन बनाउँदा शिबम दुवेले १८ बलमा १९ रन बनाए । कप्तान महेन्द्रसिंह धोनीले ७ बलमा १४ रन बनाउँदा अम्बादी राईडुले १२ रन बनाए ।
घरेलु टोलीका लागि मोहम्मद सामी,अल्जारी जासेफ र राशिद खानले समान २/२ तथा जोश लिटिलले १ विकेट लिए ।
आयरल्यान्डका बलर लिटिलले आज नै आईपीएलमा डेब्यु गरेका थिए । लिटिल आईपीएल खेल्ने पहिलो आयरल्यान्डका पहिलो क्रिकेटर समेत हुन् ।
चेन्नाईसँग भएको दुई खेलमा गुजरात अपराजित रहेको छ । गुजरात चेन्नाईविरुद्धको अपराजित यात्रा आजको खेलमा पनि जारी राख्न चाहन्छ ।
भारतका विभिन्न शहरमा आयोजना हुने आईपीएल क्रिकेट प्रतियोगितामा १० टोलीहरुको सहभागीता रहेको छ ।
१० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा १)मुम्बई इन्डियन्स,२)कोलकत्ता नाईटराईडर्स,३)राजस्थान रोयल्स,४)दिल्ली क्यापिटल्स र ५)लखनाउ सुपर जायन्ट्स रहेका छन् ।
समूह बी मा १)चेन्नाई सुपर किंग्स, २)सनराईजर्स हैदरावाद,३)गुजरात टाईटन्स,४)रोयल च्यालेन्जर्स बेंग्लोर र ५)पन्जाब किंग्स रहेका छन् ।
आफ्नो समूहमा रहेका सबै टोलीसँग र अर्को समूहमा सोही नम्बरमा रहेका टोलीसँग समान २/२ तथा अर्को समूहका बाँकी टोलीसँग १/१ खेल हुनेछ ।
यसका अनुसार लिग तरणमा हरेक टोलीले १४/१४ खेल खेल्नेछ । ७४ खेल खेलिने आईपीएल आगामी २८ मे सम्म जारी रहने छ ।