काठमाडौं । नेपालमा आयोजना हुने पाँचौ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार आगामी फागुन अन्तिम साताबाट आयोजना हुने महिला साफको खेल तालिका सार्वजनिक गरेको हो ।
तालिका अनुसार नेपाल समूह 'ए' मा परेको छ । नेपालले पहिलो खेलमा भुटानसंग खेल्नेछ । दोस्रो खेलमा नेपालले पाकिस्तानको सामना गर्दा अन्तिम खेलमा बंगलादेशसंग खेल्नेछ ।
साफ च्याम्पियनसिप फागुन २८ देखि चैत ८ गतेसम्म विराटनगरमा आयोजना हुनेछ । खेलहरु विराटनगरस्थित शहिद रंगशालामा हुनेछ ।
महिला साफमा नेपालसहित, भारत, श्रीलंका, बंगलादेश, भुटान, माल्दिभ्स र बंगलादेशले प्रतिस्पर्धा गर्ने छन् । यसअघि महिला साफ श्रीलंकामा हुने तय भएको भएपनि श्रीलंकाले अन्तिम समयमा हात झिकेको थियो ।
साफ च्याम्पियनसिपका लागि नेपाली महिला टिमले तयारी सुरु गरिसकेको छ । साफलाई मध्यनजर गर्दै नेपालले गत महिला चीनमा मैत्रीपूर्ण खेल र अभ्यास गरेको थियो । यस्तै नेपालले ओलम्पिक छनोट खेल्दै दोस्रो चरणको यात्रा समेत तय गरिसकेको छ ।
खेल तालिका :