काठमाडौं । ललितपुर मेयर्स कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल खेल आज बिहिबार हुदैछ ।
टियु मैदान कीर्तिपुरमा हुने फाइनल भिडन्तमा साबिकको विजेता विभागिय टोली नेपाल एपीएफ क्लब र कोशी प्रदेशबीच खेल हुदैछ । फाइनल खेल बिहान १० बजेबाट सुरु हुनेछ ।
अपराजित रुपमा फाइनलमा स्थान बनाएको एपीएफले समूह चरणको खेलमा कोशी प्रदेशलाई ७ विकेटले पराजित गरेको थियो ।
गत वर्षको फाइनलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गरेको थियो ।
तेस्रो संस्करणमा कोशी भने पहिलो पटक फाइनल खेल्न लागेको हो ।
प्रतियोगितामा गत माघमा ईटहरीमा सम्पन्न प्रधानमन्त्री कप महिला टी-ट्वान्टी प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएका चार टोली तथा आयोजक ललितपुर मेयर्स ११ को टोलीको सहभागीता रहेको थियो ।
प्रधानमन्त्री कप २०७९ को सेमिफाइनलमा रहेका सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश, नेपाल एपिएफ क्लब र मधेश प्रदेश तथा आयोजक ललितपुर मेयर ११ ले प्रतिस्पर्धा गरेका थिए ।