काठमाडौं । बंगलादेशका कप्तान तथा अलराउन्डर शाकिब अल हसन टी-ट्वान्टी अन्तराष्ट्रियमा सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा उक्लिएका छन् ।
शाकिबले न्युजिल्यान्डका तीव्र गतिका बलर टिम साउथीलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएका छन् ।
साउथीले १ सय ६ खेलमा १ सय ३४ विकेट लिएका छन् । शाकिबले आयरल्यान्डविरुद्धको खेलमा ५ विकेट लिए पछि शीर्ष स्थानमा उक्लिएका हुन् । उनले १ सय ३६ विकेट पूरा गरेका छन् ।
उनले यो सफलता १ सय १४ खेलमा पाएका हुन् ।
अफगानस्तानका रसिद खान ८० खेलमा १ सय २९ विकेटका साथ तेस्रो स्थानमा रहेका छन् ।
शीर्ष स्थानमा उक्लिएका शाकिबले २००६ मा टिम बंगलादेश सिनियर टिमका लागि डेब्यु गरेका थिए ।