काठमाडौं । पाकिस्तानले भारतमा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकप बंगलादेशमा खेल्ने सम्भावना रहेको छ।
आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कप भारतले पाकिस्तानमा नखेल्ने बताए सँगै पाकिस्तानले पनि विश्वकप भारतमा नखेल्ने बताएको छ ।
पाकिस्तानले भारतमा विश्कप नखेल्ने जनाएसँगै न्युट्रोल रुपमा बंगलादेशमा खेल्ने संकेत गरेको छ ।
भारत प्रतियोगिताको आयोजक हो तर दुई देशबीचको राजनीतिक सम्बन्धलाई ध्यानमा राख्दै आईसीसी स्तरमा यस विषयमा छलफल भईरहेको छ ।