काठमाडौं । नितिश रानाले ईन्डियन प्रिमियर लिग(आईपीएल) मा कोलकत्ता नाईटराईडर्सको कप्तानको जिम्मेवारी पाएका छन् ।
कोलकत्ताका नियमित कप्तान श्रेयस अय्यरले चोटका कारण आधा संस्करण आईपीएल गुमाउने सम्भावना रहेकोले रानाले कप्तानको जिम्मेवारी पाएका हुन् ।
राना २०१८ को ११ औं संस्करणको आईपीएलबाट कोलकत्तामा आबद्ध रहेका छन् । १६ औं संस्करणको आइपीएल शुक्रबारबाट सुरु हुदैछ ।
आईपीएलको पहिलो खेलमा साबिकको विजेता गुजरात टाईटन्स र चेन्नाई सुपर किंग्सबीच खेल हुनेछ ।
अप्रिल १ मा कोलकत्ताले आफ्नो पहिलो खेलमा पन्जाब किंग्ससँग खेल्दैछ ।