काठमाडौं । ललितपुर मेयर्स कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशद्वारा सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ ।
टियु मैदान कीर्तिपुरमा भएको खेलमा कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गरेको हो ।
सुदूरले दिएको ८३ रनको लक्ष्य कोशीले १५ ओभर ३ बलमा १ विकेट गुमाएर भेट्याएको थियो ।
कोशीका लागि ओपनर काजोल श्रेष्ठले अविजित ४० तथा कप्तान रुविना क्षेत्रीले २८ रन बनाईन् ।
सुदूका लागि कविता जोशीले १ विकेट लिईन् ।
त्यसपछि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १८ ओभर ५ बलमा अलआउट हुदै ८२ रन बनाएको थियो ।
सुदूरपश्चिमका लागि कप्तान बिन्दु रावलले ३० रन बनाईन् । सम्झना खड्काले १६ तथा रितु कनोजियाले १३ रन बनाईन्।
रुबिना क्षेत्री र अप्सरी बेगमले समान ३/३ विकेट लिईन् । ज्योती दनुवारले १ विकेट लिईन् ।
सुदूरपश्चिमले पछिल्लो १६ बलमा २ रन बनाउँदा ७ विकेट गुमायो ।
तेस्रो खेलमा दोस्रो जित हात पारेको कोशीले ३ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा रहेको छ । उसको फाइनल सम्भावना बलियो रहेको छ ।
सुदूर ४ खेलमा ४ अंकका साथ तेस्रो स्थानमा रहेको छ ।
प्रतियोगितामा गत माघमा ईटहरीमा सम्पन्न प्रधानमन्त्री कप महिला टी-ट्वान्टी प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएका चार टोली तथा आयोजक ललितपुर मेयर्स ११ को टोलीको सहभागीता रहेको छ ।
प्रधानमन्त्री कप २०७९ को सेमिफाइनलमा रहेका सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश, नेपाल एपिएफ क्लब र मधेश प्रदेश तथा आयोजक ललितपुर मेयर ११ ले प्रतिस्पर्धा गर्नेछन् ।
लिग चरणको पहिलो र दोस्रो स्थानको टोलीका बीचमा फाइनल हुनेछ। चैत १६ मा प्रतियोगिताको फाइनल खेल रहेको छ ।