काठमाडौं । ललितपुर मेयर्स कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशलाईं ८३ रनको लक्ष्य दिएको छ ।
टियु मैदान कीर्तिपुरमा जारी रहेको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १८ ओभर ५ बलमा अलआउट हुदै ८२ रन बनाएको थियो ।
सुदूरपश्चिमका लागि कप्तान बिन्दु रावलले ३० रन बनाईन् । सम्झना खड्काले १६ तथा रितु कनोजियाले १३ रन बनाईन्।
रुबिना क्षेत्री र अप्सरी बेगमले समान ३/३ विकेट लिईन् । ज्योती दनुवारले १ विकेट लिईन् ।
सुदूरपश्चिमले पछिल्लो १६ बलमा २ रन बनाउँदा ७ विकेट गुमायो ।

पहिलो खेलमा जित निकालेको कोशी दोस्रो खेलमा भने पराजित भएको थियो । आजको खेलमा जित हात पारेर कोशी आफ्नो फाइनल सम्भावना बलियो बनाउन चाहान्छ ।
सुदूर तीन खेलमा दुई जितका साथ दोस्रो स्थानमा रहेको छ । आजको खेल जितेर सुदूर आफ्नो स्थान फाइनलमा पक्का गर्न चाहन्छ ।
प्रतियोगितामा गत माघमा ईटहरीमा सम्पन्न प्रधानमन्त्री कप महिला टी-ट्वान्टी प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएका चार टोली तथा आयोजक ललितपुर मेयर्स ११ को टोलीको सहभागीता रहेको छ ।
प्रधानमन्त्री कप २०७९ को सेमिफाइनलमा रहेका सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश, नेपाल एपिएफ क्लब र मधेश प्रदेश तथा आयोजक ललितपुर मेयर ११ ले प्रतिस्पर्धा गर्नेछन् ।
लिग चरणको पहिलो र दोस्रो स्थानको टोलीका बीचमा फाइनल हुनेछ। चैत १६ मा प्रतियोगिताको फाइनल खेल रहेको छ ।