काठमाडौं । पाहुना टोली वेस्ट इन्डिजले दोस्रो टी-ट्वान्टी अन्तराष्ट्रिय खेलमा घरेलु टोली दक्षिण अफ्रिकालाई २ सय ५९ रनको लक्ष्य दिएको छ ।
सेन्चुरियनमा रहेको सुपर स्पोर्ट्स पार्क जारी रहेको खेलमा पाहुना टोलीले २ सय ५८ रन बनाएको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको पाहुना टोलीले २० ओभरमा ५ विकेट गुमाएर २ सय ५८ रन बनाएको हो ।
पाहुना टोलीका लागि जोनशन चाल्र्सले ४६ बलमा १ सय १८ रनको शतकीय ईनिङ खेले । उनले १० चौका र ११ छक्का प्रहार गरे ।
चाल्र्सले वेस्ट इन्डिजका लागि टी-ट्वान्टी अन्तराष्ट्रियमा सर्वाधिक कम बलमा शतक बनाउने कीर्तिमान समेत बनाएका छन् ।
यस अघि २०१६ मा क्रिस गेलले इंग्ल्यान्डविरुद्ध ४७ बलमा शतक पूरा गरेका थिए ।
चाल्र्सले ३९ बलमा शतक प्रहार गरेका थिए । टी-ट्वान्टी अन्तराष्ट्रियमा वेस्ट इन्डिजले बनाएको यो नै सर्वाधिक योगफल हो ।
ओपनर कायल मेयर्सले २७ बलमा ५ चौका र ४ छक्काको सहयोगमा ५१ रनको अर्धशतकीय ईनिङ खेले ।
रोमारियो शेफर्डले १८ बलमा अविजित ४१ रन बनाउँदा कप्तान रोभमन पावेलले २८ रनमा बनाए ।
घरेलु टोलीका लागि मार्को यानसनले ३ तथा वाईनी पार्नेलले २ विकेट लिए ।
तीन टी(ट्वान्टी अन्तराष्ट्रिय खेलको सिरिजमा पाहुना टोली १-० ले अगाडी रहेको छ ।